2026-09-16 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको उत्तरी क्षेत्रमा संबिधानको स्वागत, दक्षिणीलाई कालो दिन

KapilbastUदीपकअनुरागी आचार्य, असोज ३, कपिलवस्तु । आज नेपालको संबिधान २०७२ घोषणा हुने दिन कपिलवस्तुको उत्तरी
भेगमा उज्ज्यालो दिनका रुपमा संबिधानको भवय कार्यक्रम स्वागत गरिदै छ । भने जिल्लाको दक्षिणी भेगमा कालो
दिनका रुपमा मनाईने भएको छ । ६५ बर्षको लामो पर्खाइ पछि जनताको संबिधान आउन लागेको भन्दै उत्तरी
क्षेत्रमा भब्य समारोह सहीत घर घरमा दिपावली सहीत खुशीयाली मनाउने निर्णय गरिएको हो । बाणगंगा
नगरपालिकाको चार नम्बर जीतपुरमा भएको ५ दलीय बैठकले सो निर्णय गरेको एमाले जिल्ला अध्यक्ष झबिलाल
पोख्रेलले बताउनुभयो ।

कांग्रेस, एमाले, एकीकृत माओबादी, माले र राष्ट्रिय जनमोर्चाको बैठकले आज
साझ घर घर र चोक चोकमा दिपावली गर्ने निर्णय गरेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । यस्तै असोज ४
गते भोली जीतपुर, गोरुसिंगे र चन्द्रौटामा भब्य कार्यक्रम गरिने भएको छ । पंचेबाजा, झाकी सहीत भब्य
उत्सव मनाएर संबिधान आएको खुशीयाली साटासाट गरिने कार्यक्रम तय भएको छ ।

उत्तरी भेग उज्यालो गरी
मनाई रहदा दक्षिणी भेगमा भने आज र भोली मधेसी मोर्चाहरुले बिभिन्न बिरोधका कार्यक्रम सार्वजनिक गरेका
छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर बहादुरगंज, महाराजगंज लगायतका स्थानमा बिरोध जुलस र सभा, संबिधान
च्याने मोर्चाले निर्णय गरेको छ । मोर्चाको बिरोधका कारण जिल्लाका दक्षिणी भेगमा संबिधान सभा आएको
खुशीयालीको कार्यक्रम नहुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु