दान बहादुर बुढा, पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउँन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउँन र लुगा धुनेहरुको तातोपानीतिर भिडहुन थालेका छन् ।
पुस महिना प्रारम्भ संगै जाडो बढेपछि मुगुको रुगा गाविस स्थित झुसेकुना, जिमा गाविसको कुलाहा र हुम्ला जिल्लाको जैर लुमछहरा, उनापानी, सरिकल्ला लगायत स्थानमा रहेका तातोपानी कुण्डमा नुहाउँन बालक, महिला बृद्धाहरुको भीड लाग्न थालेको छ । शनिबार बिदाको दिनमा तातेपानी कुण्डमा नुहाउन बिधार्थी शिक्षकको घुइचो लाग्ने गरेको छ । दिनभरी तातेपानी कुण्डमा नुहाउने लुगा धुने र बेलुका घर फर्किने गर्छन् । जाडो मौसमले धारोको पानीमा बरफ जमेर नुहाउ“न लुगा धुन कठिनाई हुन थालेपछि स्थानीयबासी तातोपानीतिर धाउँन थालेका छन् । तातोपानी भन्दा टाढाका स्थानीयबासी खान खर्च र लुगा समेत बोकेर दुई तीन दिन सम्म तातोपानी कुण्डमै बास बसेर नुहाउँने गरेका छन् ।
बुढापाकाहरुले तातोपानीमा नुहाउँदा शरिरको रागन (बाथ )रोग सञ्चो हुने बिश्वास रहेको छ । पुस महिना देखि माघ मसान्त सम्म तातोपानीका कुण्डहरुमा स्थानीय नुहाउँन जाने गर्छन् । मुगुको झुसेकुना, कुलाहा तातोपानी कुण्ड ब्याबस्थित नहुदा स्थानीय लाई नुहाउन समस्या हुने गरेको छ ।
तातो पानिमा नुहाउदा रागन, ठाउको दुख्ने, आखा पाक्ने, शरिर दुख्ने, जस्ता रोगहरु निको पार्ने बिशुवासले गर्दा सबै भन्दा बढी मंशिर, पुस र माघ महिनामा बढी नुहाउोहरुको घुईचो हुने गरेको रारा गाबिसका ६५ बर्षका हंस कार्कीले बताएका छन । मुगुको तापक्रम अधिकत्तम १७ र न्यूनत्तम १ डिग्री सेल्सिएस पुगेको छ । यस्ता महत्तपूर्ण स्थानहरुमा स्थानिय गाबिस ,जिबिसले संरक्षणमा ध्यान नदिदा अब्याबस्थित रहेका छन ।