भाष्कर केसी/पुस ९, कञ्चनपुर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भि.न.पा १६ मझगाउँ स्थित एयरपोर्टमा वृहद निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी यहाँका स्थिानीय ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भाष्कर केसी/पुस ९, कञ्चनपुर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भि.न.पा १६ मझगाउँ स्थित एयरपोर्टमा वृहद निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी यहाँका स्थिानीय ब"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निःशुल्क स्वास्थय शिविर सम्पन्न

९ पुष २०७३, शनिबार १२:०६


भाष्कर केसी/पुस ९, कञ्चनपुर । रोटरी क्लब अफ धनगढीले कञ्चनपुरको भि.न.पा १६ मझगाउँ स्थित एयरपोर्टमा वृहद निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी यहाँका स्थिानीय बासिन्दालाई औषधी उपचार गरेको छ ।

पाठेघरको समस्या, पाठेघरको मुखमा हुने क्यान्सर ९ख्क्ष्ब्०को जाँच, नाक, कान, घाटी सम्बन्धी चेक जाँज, बालरोग, प्रसुती रोग को साथै निःशुल्क औषधी वितरण गरिएको छ । विशेषज्ञ डा. १६ जनाको टिम रहेको छ । १ देखि २ हजार जना सम्म विरामीलाई उपचार गर्ने लक्ष्य रहेको स्त्री रोग विशेषज्ञ डा.गणेश वहादुर सिंह ले बताउनु भयो । शिविरमा निःशुल्क चेक जाँच निःशुल्क औषधी वितरण लयागत प्रयोगशालाको सेवाको पनि व्यवस्था गरिएको थियो ।

उपचार गर्न आएकी भि.न.पा.१०–जिमूवाकी पार्वती देवी भट्टले आफु विहान आएर लाइनमा लागेको र यस निःशुल्क शिविर बाट औषधी उपचार गराउने र आफ्नो रोगको पहिचान गरि पुनः उपचार गर्ने कुरा बताउनु भयो । महाकाली अञ्चल अस्पताल रेफर सेन्टर र नाममात्रको आस्पताल रहेकोले टाढा गएर पैसा खर्च गर्न नस्कने आफु जस्ता विरामीको लागि यस्तो शिविर निकै महत्वपुरर्ण रहेको र यस्ता शिविर समय समयमा लागाउन सके सबैलाई फाइदा हुने बताउनु भयो ।

 

सुरक्षा बलका तिनै अङ्गको सक्रिय भुमिका रहेको शिविरमा नेपाली सेनाका श्री सिंह शार्दुल गुल्म भगतपुरका व्यारेक बाट उल्लेखनिय सहभागिता रहेको थियो । 

रोटरी क्लब अफ धनगढीले आयोजना गरेको उक्त निःशुल्क शिविरमा नेपाल चिकित्सक संघ सुदू्पश्चिम शाखा एन.एम.एस आर.ए.धनगढीका सहकार्य रहेको थियो भने सहयोगी संस्थाहरु,श्रीनगर डेण्टलक्लिनिक, धनगढी कञ्चनपुर उद्योग वाणिज्य संघ, महाकाली सेती यातायात व्यवसायी समिति, होटलव्यवसायी सघं, निर्माण व्यवसायी सघं, पवनदुत यातायात समिति, शुक्लाफाँटा बन्यजन्तु आरक्ष मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति र नेपाल पत्रकार महासंघ कञ्चनपुर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य