Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मधेसका महिलाहरु शिक्षित नभएसम्म देशले निकास नपाउनेः उपाध्यक्ष गदी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साद्वारा मनियारी र लाल्पर्सामा गाउँ भेला सम्पन्न भएको छ ।

दुवै गाउँमा छुटा छुट्टै भएको गाउँ भेलाबाट महिला कमिटि समेत गठन गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपध्यक्ष लाल बाबु राउत गदीले जबसम्म मधेसका महिलाहरु शिक्षित हुदैनन् तब सम्म मधेस तथा नेपालको विकास सम्भव ना रहेको चर्चा गर्दै केटा र केटीमा कुनै बिभेद गरिनु हुदैन भन्नु भयो । हामी संघियता र समाबेशितामा सबैलाई लिएर संगै अगाडी बढ्नु पर्नेछ । देश र समाज सबैको मर्म बुझी परिपक्क संघियताको संरचना कायम गरि देशलाई बिकाशको उन्मुख निकाश तर्फ लग्नु पर्नेमा चर्चा गर्दै प्रमुख तीन दलले संबिधान संसोधन परिमार्जित नगरी समय लम्बियाएको आरोप लगाउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि संघिय समाजबादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले अबको निकाश महिला चेतना अधिकार सहितको बिकाश, महिलाको समबेसिता मधेशको बिकासमा अत्यन्त जरुरी रहेको र महिलाहरुमा राजनीति चेतना लाउनुपर्छ भने मात्र मधेशले आफ्नो अधिकार पुर्ण रुपमा प्राप्त गर्न सक्छ भन्नु भयो । संबिधान संसोधन को बिषयमा बोल्दै अध्यक्ष यादवले प्रमुख प्रतिपक्षीदल एमालेले मधेशीको अधिकार प्राप्तिमा बाधा बनेकोमा मधेशी जनताले इटको जवाफ पथरले दिने तयारी गरेको बताउनु भो । अबको आन्दोलन राज्यसता सहित ए.मा.ले.बिरुद्ध मधेशी जनता उत्रिने आफु विश्वस्त रहेके बताउनु भयो ।

बिभिन्न समुदाय पेसाका महिलाहरुलाई समिलित गरेर ४५ सदसिय कमिटि गठन गरिएको थियो । कार्यक्रममा पुर्व राज्य मन्त्रि करिमा बेगम, प्रदेश सचिव सलौदीन अहमद, नगर अध्यक्ष राजुदीन बाबु , महिला नेत्री मिनी सिंह लगाएतका नेता कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।