खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओ"/>
खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओ"/>
खगेन्द्र विश्वकर्मा | पुस १०, बागलुङ | हिम शिखर युवा क्लव बागलुङ धुल्लुबास्कोटको १८ औ बार्षिकोउसव विभिन्न कार्यक्रम सहित सुरु भएको छ । कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रदिप थापाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले अवको स्थानिय तहको चुनाबबाट जनताले आफ्नो जन प्रतिनिधि चुन्ने अवसर र संघिय प्रदेशबाट जनताले सेवा सुविधा पाउने सुनौलो अवसर प्राप्त गर्ने बताउनुभयो । अब नेपालको राजनितीमा भाषण होईन काम गरेर जनताको मन जित्नु पर्ने भएकोले भाषण भन्दा पनि काममा लाग्नुपर्ने उहाँको भनाई थियो ।
नेकपा क्रान्तिकारी माओवादि जिल्ला सदस्य विक्रम थापा लगायतले कार्यक्रममा शुभकामना राख्नुभउको थियो । कार्यक्रम कलाकारहरु प्रिति आले, राजेश बर्देवा, कृष्ण अखेलि, दुर्गा थापाले, खगेन्द्र विश्वकर्मा, लगायतले सांगेतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रम मा वडा स्तरिय भलिवल सम्पन्न भएको छ भने खुल्लामा पुरुष भलिवल संचाल भएको छ । विभिन्न प्रतियोगितात्मक तथा सांस्कृतिक कार्यक्रम सहित हिमशिखर युवा क्लवको १८ औ वार्षिकोत्सब सकिने आयोजकले जनाएको छ ।
कार्यक्रम क्लवका पुर्वअध्यक्ष देव बहादुर घले मगरको अध्यक्षता, जमुना थापाको स्वागत र संयोजक रेशम थापा तथा उत्घोषक खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।