2026-09-16 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एक बालिका सहित ४ किशोरीको उद्धार

कमल
बेल्बासे, मंसिर २०, कपिलवस्तु /
 कपिलबस्तुमा मानव अधिकारको
क्षेत्रमा कार्यरत शान्ति पुनस्र्थापना गृह (पीआरसी) कृष्णनगरले एक बालिका सहित ४ किशोरीको उद्धार गरेको
छ ।

दाङको भालुभाङबाट रुपन्देहीको तामनगर जाने बहानामा
परिवारको जानकारी विना ट्रकमा गइरहेका बालिका र दुई किशोरीलाई पीआरसीले रोक लगाएको हो ।घरबाट भागेर जान
लागेका ती किशोरीहरुलाई पीआरसीले उद्धार गरेको हो ।

उद्धार
गरिएका किशोरीहरु दाङको लालमटिया गाविसका हुन् । वर्ष २३ की नाम परिवर्तित बिनु, वर्ष १६ की सुस्मिता र
१२ वर्षकी सरिता रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो ।विशेष सुराकीका आधारमा पीआरसी संयोजक भूमिराज
भट्टराईले बालिका र दुई किशोरीलाई चन्द्रौटाबाट संरक्षणमा लिनुभएको हो ।

यस्तै पीआरसीले दाङको बेला गाविसकी १७ वर्षीय एक किशोरीलाई नै कृष्णनगरबाट उद्धार गरेको छ ।
परिवारको जानकारी विना कृष्णनगर नाका हुँदै भारततर्फ जान लागेकी किशोरीलाई सोधपुछका क्रममा पीआरसी
कर्मचारीले संरक्षणमा लिएको बताइएको छ ।

उद्धार गरिएका चारै जना
किशोरीलाई थप अनुसन्धानका लागि संस्थाको पुनस्र्थापना केन्द्र कृष्णनगरमा राखिएको संयोजक भट्टराईले
जनाउनुभयो । उद्धार गरिएका किशोरीहरुका परिवारसँग सम्पर्क भइसकेकाले आज नै परिवारकै जिम्मा लगाएर घर
फिर्ता पठाउने पीआरसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु