2026-10-31 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शान्ति र सद्भाबका लागी म्याराथुन दौड प्रतियोगिता

myarathun sdaidकमल बेल्बासे/मङ्सिर २६,
कपिलबस्तु ।
कपिलबस्तु जिल्ला खेलकुद बिकास समितीले जिल्लामा पहिलो पटक राखेको प्राचिन
कपिलवस्तु मिनी म्याराथुन प्रतियोगिताबाट एकआपसमा भातृत्व कायम सुरु हुने उद्देश्यले प्रतियोगीता समापन
गरीएको छ ।

कपिलबस्तुमा बिभिन्न खाले बन्दको मारमा जिल्लाबासी
हैरानि भैईरहेको समयमा शान्ति र पुरानै समधुर सम्बन्ध कायम गर्नका निमित्त आयोजना गरीएको हो ।

प्रतियोगीतामा नेपाल प्रहरी ,शसस्त्र प्रहरी ,नेपाली सेना ,स्थानीय क्वलका
खेलाडीहरु गरि १ सय ३७ जना धावकहरुको सहभागीता थियो । जस मध्ये ८० जना खेलाडीले २१ किलो मिटरको दुरी पार
गरेका थिए ।

जिल्ला खेलकुद बिकास समिती कपिलवस्तुले जिल्लामा
पहिलो पटक राखेको प्रतियोगितामा शसस्त्र प्रहरीका गणेश सिंह ठकुरी प्रथम, नेपाली सेना कालीजंग गणका भेष
बहादुर पौडेल द्धितिय, सोही गणकै इश्वर बन्जारा तृतिय र सान्तव्ना बज्र दल गण नवलपरासीका राम बहादुर
कार्कि भएका छन् ।

प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय
हुनेलाई क्रमशः १५, १२ र १० हजार नगद , प्रमाण पत्र सहित कपिलवस्तु क्षेत्र नम्वर १ का सांसद बलराम
अधिकारीले पुरस्कार प्रदान गर्नु भएको थियो ।

myarathun

जिल्लाको खेलकुद क्षेत्रको बिकासका लागी युवाहरु जागरुक
हुनुपर्ने र सबै जातजाती र भाषाभाषि स्वत समावेश हुने क्षेत्र भएकाले मिलेर अगाडी बढेनुपर्ने सांसद
बलराम अधिकारी बताउनु भएको हो ।

जिल्ला खेलकुद बिकास समितीका
अध्यक्ष छवि रेश्मी मगरले जिल्लाका राजनैतिकदल र सरकराी निकायले साथ दिएमा खेलकुद क्षेत्रले फडको मार्ने
वताउनु भएको थियो ।

समापन अवसरमा खेलकुद विकास समितीका पूर्व
अध्यक्ष डम्मर शर्मा ,नागरिक समाजका अध्यक्ष दोलख वहादुर पाछाई लगायतले वोल्दै उदाहरणीय कामको थालनी
भएकोमा धन्यवाद दिनु भएको थियो ।

तौलिहवाको महेन्द्र गेटवाट
सुरुभई चार नम्बरमा आएर अन्त्य हुने २१ किलो मिटर दौड प्रतियोगिताका खेलाडिलाई क्लव र बिद्यालयहरुलाई
ठाउ ठाउ पानी ग्लुकोज, स्वागत ब्यानर सहीतको प्ले कार्डले स्वागत गरिएको थिए । विद्यार्थीहरुको हातहातमा
बाच्नदेउ, पढ्न दिउ भन्ने प्ले कार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो