पर्वत । सहायता जिवनका लागि भन्ने मूलनाराका साथ काम गर्दै आएको संस्था सर्पोट नेटर्वक फउनडेसन नेपालले जिल्लामा रहेको एक विद्यालयलाई एक लाख बराबरको शैक्षिक सामाग्री तथा  कपडा    हस्तान्तरण गरेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सहायता जिवनका लागि भन्ने मूलनाराका साथ काम गर्दै आएको संस्था सर्पोट नेटर्वक फउनडेसन नेपालले जिल्लामा रहेको एक विद्यालयलाई एक लाख बराबरको शैक्षिक सामाग्री तथा  कपडा    हस्तान्तरण गरेको छ । 
<"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक लाखको शैक्षिक सामाग्री तथा पोशाक वितरण

२०७३, ११ पुष सोमबार ०५:३०

सहायता जिवनका लागि भन्ने मूलनाराका साथ काम गर्दै आएको क्रियासिल संस्था सर्पोट नेटर्वक फाउन्डेसन नेपालले ठूलीपोखरी ५अर्जिकोट स्थीत श्री सहिद शुक्र प्रथामीक विद्यालयका २८ जना छात्र र छात्रालाई शैक्षिक, पोषाक  तथा व्यक्तिगत सरसफाईका सामग्री बिद्यालयका लागी कार्पेट र आमा समुहको लागि त्रिपाल  वितरण गरीएको छ । 
   विद्यालयको शैक्षिक क्षेत्र सुधार तथा विद्यालयमा अध्ययनरत  जेहेन्दार,विपन्न तथा दलित छात्र छात्रालाई शैक्षिक सामग्री हस्तान्तरण हो उक्त कार्यक्रममा प्रमुख अतिथी समाजसेवी विष्णु प्रसाद लामिछाने विशिष्ठ अतिथि समाजसेवी हरिप्रसाद लामिछाने,विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश पुरी, खौला लाकुरी गाविसका सचिव मोहलाल लामिछाने,एकता यूवा क्लवका अध्यक्ष अच्यूत तिवारी,सिसेफ महीला समुहकी अध्यक्ष सरस्वति वस्नेत,सपोर्ट नेटर्वक फाउन्डेसनका सल्लाहकार कुल प्रसाद शर्मा, रमेश शर्मा लामिछाने,पत्रकार अगन्धर तिवारी,महेन्द्र के।सी,सुवास शर्मा लामिछाने,धौलागिरि वस व्यवसायी समितिका सचिव ख्यामराज लामिछाने, समाजसेवी यज्ञदत्त पाठक,कृष्ण लामिछाने,एकता यूवा क्लवका यूवा संयोजक किशोर क्षेत्री,सिसफ नेपालकी महीला विभाग प्रमुख विजया जोशी,देवी श्रेष्ठ विद्यालयमा अध्यापनरत शिक्षक,अभिभावक लगाएतको उपस्थिती रहेको थियो । 
कार्यक्रमका प्रमुख अतिथी समाजसेवी विष्णु प्रसाद लामीछानेले गाउँमा दसै आउदा मात्र यूवा गाउँ आउने गरेको तर आज यस कार्यक्रमले गाउँको रौनक थपिएको र आगामी दिनमा पनि यस्तै सहयोगले ग्रामिण क्षेत्रको विकासमा टेवा पुग्ने वताउनुभयो । कार्यक्रममा एकता युवाक्लवका अध्यक्ष अच्यूत तिवारीले संस्थाले गरेका उत्कृष्ट कामहरुको मुक्त कन्ठाले प्रसंशा गर्दै समाज परिवर्तनमा यसरीनै यूवाहरुको साझेदारी भयो भने समाज परिवर्तन हुने कुरा वताउनु भयो । सहयोग दात्ताको तर्फ वाट ख्यामराज लामिछानेले आफ्नो गाउँमा सहयोग गर्ने मौका दिएको मा संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सकरात्मक गतिविधी गर्नका लागि आग्रह गर्नु भयो यस्तै सिसेफ महीला समुहकी अध्यक्ष सरस्वती वस्नेत,विद्यालय व्यवस्थापन समीती अध्यक्ष,प्रद्यानाध्यापक लगाएतले वोल्नु भएको थियो उक्त कार्यक्रममा सहयोग गर्ने सहयोगीहरु रमेश शर्मा लामीछाने पोषाक,कृष्ण प्रसाद लामीछाने झोला,राजेन्द्र लामीछाने जुत्ता मोजा,ख्यामराज लामिछाने स्विटर,तथा कुल प्रसाद शर्मा ले स्थानिय आमा समुहका लागि त्रिपाल सहयोग गर्नुभएको थियो । ठुलिपोखरी गाविस सचिव कुल प्रसाद लामिछाने ले स्कुलका लागि कार्पेट तथा गाडीको ब्यावस्थापन गर्नुभएको थियो । कार्यक्रमको सफलताका लागि राजेन्द्र प्रसाद पाठक ले दुवई वाट रु दश हजार सहयोग गर्नु भएको थियो भने सस्थाका पदाधिकारीहरु को समेत सहयोग रहेको थिायो ।
      सोहीअवसरमा सहयोगि माहानुभाव लाई  संस्थाले  सम्मान गरेको थियो कार्यक्रममा रु डट,ठठण्र( खर्च भएको फाउण्डेशनका कोषाध्यक्ष हेमराज लामिछानेले वताउनुभयो । संस्थाले पर्वतको भोर्ले तथा वाग्लुङ्गको कुश्मीशेरामा वृहत स्वास्थ्य शिवीरको आयोजनाको तयारीमा रहेको सस्थाका कार्यक्रम संयोजक तेजेन्द्र अधिकारी ले वताउनुभयो ।
 सर्पोट नेटर्वक फाउन्डेसन नेपालका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा सम्पन्नकार्यक्रमको स्वागत हेमराज लामिछाने तथा संचालन सचिव कामना रेग्मी ले गर्नुभएको थियो । उक्त कार्यक्रमवाट वचेको पैसा कुश्मा नगरपालिका ५ का अतिविपन्न मेरुदण्डको नशा चुडिई जिवन र मरणको दोसाधमा वाचिरहेका  माधव गिरी लाई सहयोग गर्ने कुरा अध्यक्ष लामिछाने ले वताउनुभयो साथै माधव गिरी को दयनिय अवस्था एवं वाल वच्चाको शिक्षा दिक्षाका लागी सवैले सहयोग गर्नुपर्ने अपिल गर्नुभएको थियो । निज माधव गिरी गतसाल गोरुले लखेटी दौडने क्रममा खेतवाट लडी मेरुदण्डको नशा चुडिएको थियो । हाल गिरीको अवस्था नाजुक रहेको र घरमा अन्य आय श्रोत नभएको कारण दुई छोरी १ छोरा तथा श्रीमतीको विचल्ली भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ