पुस १५ गतेसम्म चल्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १५ गतेसम्म चल्न"/>

१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सौराहामा आजदेखि चितवन हात्ती महोत्सव सुरु

११ पुष २०७३, सोमबार ०८:०५

पुस ११, चितवन । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । 

पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ । 

आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले सौराहाको परिक्रमा गरेको छ । 

¥यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । 

नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । 

यसवर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शङ्कर सैँजुले जानकारी दिनुभयो । 

हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन् । 

महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिनुभयो । 

महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको महोत्सव संयोजक दीपक भट्टराईले बताउनुभयो । 

बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ । 

यसैबीच चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चितवनको कुमारोज मध्यवर्ती सामुदायिक वनमा आजदेखि जिप सफारी सुरु भएको छ । 

दिगो पर्यटन विकास गर्र्दा स्थानीयवासीको आयआर्जन विकासका लागि यहाँ आजदेखि पर्यटकका लागि जिप सफारी सुरु भएको उक्त सामुदायिक वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिनुभयो । 

आज एक कार्यक्रममा बीच उक्त सफारीको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले उद्घाटन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र बंगलादेशको फाइनल खेल हेर्न आज प्रधानमन्त्री ओली रंगशाला जाने नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’ (भिडियो हेर्नुहोस्) कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’ यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर साफ महिला च्याम्पियनसिपमा उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी आज काग तिहार मनाइँदै, यमदीपदान पनि आजै आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाँदा यी सामान बोक्न नपाइने ६० लाख लगानीमा बनेको गीतको भिडियो सार्वजनिक (भिडियो) जीबी राईका मान्छे राष्ट्रपतिका सल्लाहकार छन्, सत्ताले बचाइरहेको छ : स्वर्णिम वाग्ले सुमनाले भनिन्- हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो प्रचण्डसहित माओवादी नेताहरुविरुद्ध अख्तियारमा उजुरी राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा भारतीय विमानहरूलाई बमले उडाउने धम्की दिने व्यक्तिको खुल्यो पहिचान ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार हामी दिन्छौँ : उपसभापति अर्याल विष्णु रिजालको दाबी- डीपी अर्याल र सन्तोष परियार बालुवाटार पुगेर रविलाई बचाउन हारगुहार गरे इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट)