स्थानीय महिलाहरुलाई लक्षित गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

स्थानीय महिलाहरुलाई लक्षित गरि"/>

2026-09-19 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाँउ–गाँउमा परिवार नियोजन

नरी बडु, पुष ११, बैतडी । बैतडी जिल्लाको दुई ठाँउबाट मात्रै दिईने परिवार नियोजन सेवा सिविर मार्फत गाँउ–गाँउमा दिन थालिएको छ ।

स्थानीय महिलाहरुलाई लक्षित गरि परिवार नियोजन अन्र्तगतको मिनिल्याप सेवा जिल्लाको दुर्गमका गाँउमा दिन थालिएको हो । 

आईतबार जिल्लाको दुर्गम पुचौँडी क्षेत्रमा पर्ने कुवाकोट गाविसमा परिवार नियोजनको स्थानी बन्ध्याकरण मिनिल्याप सेवा दिईएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाईजर दिल्लीरमन जोशीले बताए ।

जाशीका अनुसार उक्त परिवार नियोजन सिविरबाट कुवाकोट, भुमिराज र भटनना गविसका ३४ जना महिलाहरुले स्थायी बन्ध्याकरण (मिनिल्याप) सेवा लिएका छन् ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले सिबिरमार्फत उक्त सेवा गाँउमै दिएका हुन् । कुवाकोट गाविसमा स्थानीय शिक्षीका, तीन ओटा छोरीमात्रै भएका महिला लगायतले सेवा लिएका छन् । 

पुष १२ गते जिल्लाको च्वागड क्षेत्रमा पर्ने गाँजरी गाविसमा स्थाइ बन्ध्याकरण सिबिर (मिनिल्याप) को सिविर आयोजना गरिएको सुपरभाईजर जोशीको भनाई छ । 

गाँजरी गाविसमा संञ्चालन हुने सिबिरमार्फत २५ देखि ३० जना महिलाले सेवा लिने विश्वास गरिएको गाँजरी स्वास्थ्य चौकिका प्रमुख जनकसिह धामीले बताए ।

सन्तानको रहर पुगेका महिलामहरुले परिवार नियोजन सिबिरबाट सेवा लिन सक्ने उहाँको भनाई छ । 

स्थानीयको माग अनुसार जिल्लाको अन्य क्षेत्रमा पनि परिवार नियोजनको सिविर आयोजना गरिने परिवार नियोजन सुपरभाइजर जाशीले बताए । 

परिवार नियोजन (मिनिल्याप) सिविरमार्फत निसुल्क गरिने र मिनिल्याप गर्ने महिलालाई स्थानीय यातायात वाफत रु दुई सय पचास समेत दिने गरिएको उहाँको भनाई छ । 

सन्तानको रहर पुगेका महिला अथवा पुरुषले व्यवस्थित एवम् सुखि परिवारको लागि परिवार नियोजन गर्न अति अति आवश्यक रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीको भनाई छ । 

सिबिर बाहेक जिल्ला अस्पताल बैतडीमा पुरुष र महिला दुबैको र जिल्लाको पाटन नगरपालिका स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा पुरुषको मात्रै परिवार नियोजन सेवा उपलब्ध छ । 

क्याप्सन : जिल्लाको कुवाकोट गाविसमा परिवार नियोजन गर्न आएका स्थानीय महिलाहरु

तस्बिर :नरी बडु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई