दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास का"/>

2026-10-31 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्याज उत्पादनको पकेट क्षेत्र बन्दै लालु


दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजना जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको उपस्थितिमा पकेट क्षेत्रको अवलोकन गरिएको हो ।

मुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता जिल्ला प्रहरी कार्यालय प्रमखु योगन्द्र खड्का, कृषि विकास कार्यालय प्रमुख सुनिल सिंह लगायत सरकारी कार्यालयका प्रमुख प्रतिनिधि राजनैतिकदल पत्रकारहरुको उपस्थितिमा खुलालु क्षेत्रको अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय द्धारा संचालित कृषि गतिविधि सम्बन्धि खुलालुमा संचालित कार्यक्रमहरुको प्रभावकारीता बारे अनुगमन गरिएको हो ।

खुलालुका करिव ७३ घर परिवारहरुलाई लक्षित गरी पकेट क्षेत्रका रुपमा संचालित कृषि कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती, विउ उत्पादन कृषि तथा खाध्य सुरक्षाका लागि कुखुरा पालन जस्ता ब्यवशायक खेती प्रणाली संचालन भैरहेकाले यसको यसको प्रभावकारीताबारे अनुगमन गरिएको कृषि विकास अधिकृत सुनिल सिंहले बताउनु भएको छ । ब्यवशायकरुपमा कृषि खेती संचालनमा आइपरेका समस्याहरुबारे कृषकहरुले राखेका धारणाबारे प्रकाश पार्दै कृषि अधिकृत सिंहले यसका लागि फिल्ड स्तरमा आएका बेला समस्या दर्साउनु भन्दा प्रक्रियागत सहित कार्यालय स्तरमै आएर गुनासो राख्न आग्रह गर्नु भएको छ ।

यस्तै जिल्लामात्र नभै देशका सबै क्षेत्रमा कृषि उत्पादनलाई बृद्धि गरी बैदेशिक रोजगारमा होमीएका युवाहरुलाई स्वदेशमै रोजगार दिने उद्देश्यले नेपाल सरकारले नै कृषि क्षेत्रमा लगानी बढाएकाले सम्पूर्ण युवाहरुले कृषि क्षेत्रमा लाग्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले आग्रह गर्नु भएको छ । 

राजनैतिक दलको तर्फबाट बोल्दै नेकपा एमाले जिल्ला कार्यसमिति सचिव चित्रसिंह गाउलेले परम्परा गत कृषि प्रणाली अगाल्नु भन्दा आधुनिक तथा ब्यवशायिक कृषि प्रणाली अगालेर अगाडी बढ्न सकेमात्र समुदायको आर्थिक विकास हुने बताउनु भएको छ ।

अगुवा कृषकहरुको तर्फबाट बोल्दै स्थानीय कृषक जसि बिष्टले कृषक दाजुभाईलाई कुनैपनि सरकारी तथा गैर सरकारी निकायले सहयोग गर्नुपरेमा माछा मारेर खान दिने हैन कि माछा मार्ने तरिका सिकाउने हो भने समाजको आर्थिक विकास चाडो फस्टाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय