लालपुर्जा हातमा पनि अहिले सम्म जग्गा पाउन सकेनौँ - चौधरी

सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लालपुर्जा हातमा पनि अहिले सम्म जग्गा पाउन सकेनौँ - चौधरी

सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया म"/>

2026-07-10 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कमैया महिला जागरण समाज दाङको दोस्रो जिल्ला अधिवेशन शुरु

2016-12-26

लालपुर्जा हातमा भए पनि अहिले सम्म जग्गा पाउन सकेनौँ – चौधरी

सन्तोषकुमार गुप्ता । देउखुरी ११ पुस । कमैया महिला जागरण समाजकी केन्द्रिय अध्यक्ष कृष्णी चौधरीले मुक्त कमैयाहरु मुक्त भएको सत्र वर्ष भई सक्दा पनि कमैयाको हातमा लालपुर्जा बाहेक अहिले सम्म जग्गाको पहिचान हुन नसकेको बताएकी छिन् । कमैया महिला जागरण समाज दाङको सोमवार लमहीमा भएको दोस्रो जिल्ला अधिवेशन उद्घाटन गदै चौधरीले यस्तो बताईकी छिन् । 

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी चौधरीले अहिले पनि कमैया महिलाहरुले दासीको रुपमा जिवन निर्वाह गरिरहँदा सम्म पनि महिला कमैयाहरुको पहिचान राज्यले नगरेको आरोप लगाइन् ।  उनले कमैयाहरुले आफनो मुद्दा प्राप्तीका लागि ठुलो त्याग, तपस्या र बलिदानी दिए पनि कमैयाहरुको समस्या जिउको त्यही रहेको बताइन् । कमैयाहरुको समस्या सही तरिकाले व्यवस्थापन गर्ने हो भने ६ महिना पनि नलाग्ने भए पनि राज्य त्यस तर्फ गम्भीर नदेखिएको उनले बताइन् । 

समाजकी जिल्ला अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा गणतन्त्र आईसकेको दश बर्ष सम्म पनि मुक्तकमैयाँहरुको समस्या हल हुन नसक्नु लजास्पद भएको बताएका छन् । उनीहरुले राज्यले तत्काल मुक्त कमैयाँहरु समस्या समाधान तर्फ लाग्न आग्रह समेत गरे । चुनाबमा सबै पार्टीले हामीले नै तपाईहरुको समस्या हल गरिदिन्छौँ भने भोट माग्न आउँछन् र हामीले नै दिएको भोटबाट सांसद मन्त्री हुन्छन् तर हाम्रा समस्या भने कसैले हल गर्न चाहदैनन् भनेर दुख समेत व्यक्त गरेका थिए ।

समाजकी कोषाध्यक्ष सुनरुपी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी, जिल्ला भुमि सुधार कार्यालयका हरिप्रसाद चौधरी, नेकपा एमालेका जिल्ला सदस्य पवन रिजाल, महिला तथा बालबालिका कार्यालयकी जिवनकुमारी जिसी, पत्रकारहरु चुमा आचार्य, ओमप्रकाश गुप्ता, मुक्त कमैया भुमि अधिकार संघर्ष समिति दाङकी कोषाध्यक्ष बालकुमारी चौधरी, कमैया महिला जागरण समाजका केन्द्रिय सचिव लोकमाया चौधरी, मुक्त कमैया समाजका जिल्ला सचिव गुलाम अलिशाही, मुक्त कमैया युवा जागरण समाजका जिल्ला अध्यक्ष अञ्जना चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम अघि सयौँ मुक्त कमैयाँ महिलाहरुको ¥यालीले विभिन्न नारा लगाउँदै लमही बजार परिक्रममा गरेको थियो । अबिधेशन उद्घाटन कार्यक्रमको सञ्चालन मुक्त कमैयाँकी विष्णु चौधरीले गरेकी थिईन् । 

यसैबीच समाजको अधिवेशनको बन्दसत्र भने मंगलबार बिहान टिकुलीगढमा हुने बताइएको छ । अधिवेशनमा जिल्ला भरिबाट ७० जना प्रतिनिधि सहभागी रहने र दुई बर्षे कार्यकालका लागि नौँ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने कमैया महिला जागरण समाज दाङकी अध्यक्ष कमलापति चौधरीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो