Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गौ हत्याको विरोधमा आज दाङ सहित मध्यपश्चिममा आमहडताल

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दाङ—देउखुरीमा बन्दको पूर्ण प्रभाव, सडक, बजार सुनसान, जनजिवन प्रभावति

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । कैलालीमा १ सय २० वटा गाईगोरु मारेको बिरोधमा विभिन्न एक दर्जन बढी हिन्दुबादी संगठनहरुले आज मंगलबार गरेको एक दिने दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको पुर्ण प्रभाव दाङ—देउखुरीमा परेको छ ।  धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि एक दर्जन बढी हिन्दुबादी संगठनहरुले बन्द आह्वान गरेका हुन् ।

हिन्दु जागरण नेपाल दाङ, ब्रामहण समाज दाङ, हिन्दु जागरण महिला संघ, हिन्दु जागरण बिद्यार्थी संगठन, कौशधन विरादरी सेवा समाज, पाण्डबेश्व मन्दीर धारपानी, अम्बिकेश्वरी मन्दिर अम्बापुर लगाएतका १२ वटा धार्मिक संस्थाहरुले गौ हत्याको बिरोधमा मंगलबार दाङ बन्दको आह्वान गरेका हुन् ।

ती १२ वटा संगठनहरुले सोमबार संयुक्तरुपमा बिज्ञप्ती जारी गरि गौ हत्याको बिरोध र उक्त घटनाको छानबिन गर्न सरकारलाई दवाव दिने उदेश्यले बन्द आह्वान गरिएको जनाएको छ । बन्दका क्रममा एम्बुलेन्स, प्रेस, सुरक्षाकर्मीका गाडीहरु बाहेक अन्य बजार, कलकारखाना, उद्योग, यातायातका साधन सबै बन्द रहने आयोजकले जनाएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पु(याएको स्वीकार गरेको छ । तर एक सय २० गाईगोरु मरेका भेटिएका छन भने अन्य करिब एक सय गाईगोरु पुरेको अनुमान स्थानिहरुले गरेका छन् ।