पुस १२, ताप्लेजुङ । तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । 

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १२, ताप्लेजुङ । तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । 

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षे"/>

2026-09-18 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

पाथीभरा मन्दिरबाट दुई लाख चोरी

पुस १२, ताप्लेजुङ । तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । 

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको 

सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

मन्दिर परिसरमा पुजारीका लागि बनाइएको पुरानो भवनको भित्री भागको कोठामा प्रवेश गरी लकर फोरेर उक्त रकम चोरी भएको बताइएको छ । 

काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारीस्वरुप गनेर राखिएको रकम चोरी भएको हो । प्रजिअ नरबहादुर खड्काले सोे घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशील पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिसँग छलफल गरिने प्रतिक्रिया दिनुभयो । 

यसैबीच प्रहरीले नेपाली र भारतीय गरी रु एक लाख ३१ हजार तीन सय ५५ र एक सय अमेरिकी डलरसहित लिङ्खिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुूलाई पक्राउ गरेको छ । 

ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा लिम्बूलाई पैसासहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बूको बयानका आधारमा सो घटनामा नाल्वो घर भई लिङ्खिमस्थित मामाघरमा बस्दै आएका १४ वर्षीय रमेश नाल्वो र लिङ्खिम नै घर भएका अन्दाजी १४ वर्षीय मोहन लिम्बूको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी जारी रहेको केसीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई