२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जातीय पहिचान जोगाउन कपिलवस्तुमा थारु खिचडी महोत्सवको आयोजना

३ माघ २०७२, आईतवार ०७:३०

kapilvastuकमल बेल्बासे/ माघ ३ कपिलबस्तु । “हम्मन
सस्कृती हम्मन पहिचान थारु कला सस्कृती बचयना हम्मन अभियान” मूल नारासहित कपिलवस्तुमा छैठौ कपिलवस्तु
माघी(खिचडी) महोत्सव ०७२ संचालन भैईरहेको छ । थारु जातिको जातीय पहिचान, भाषा, संस्कृति, कला र भेषभुषा
जोगाउन महोत्सव आयोजना गरिएको हो । आफ्नै भाषा र संस्कृतिको धनि मानिने थारु जातिको अस्तित्व जगेर्ना
गर्न विगत ५ वर्षदेखि कपिलवस्तुका थारु समुदाय संगठित भई महोत्सव आयोजना गर्दै आएका छन् । कपिलबस्तुको
बाणगंगा नगरपालिका ७ हथौसा मेला स्थलमा महोत्सब शनिबार देखि सुरु भएको छ ।

महोत्सवमा थारु जातिको
खानामा ढिकरी, घोँगी, गेङटा, सिधरा, बरिया, फुलौरी, चटनी लगायतका परिकारहरु राखिएका छन् । यस्तै
महोत्सवमा थारु जातिको आफ्नै भेषभुषा, पहिरनले जातीय पहिचान झल्काएको छ ।

थारु जातिको कला, सीप,
संस्कृति, भेषभुषाको निकै समृद्धशाली मानिएको जाति भएकाले पुराना पिढीका सीप, कला, संस्कृति र
भेषभुषालाई नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्नेमा कार्यक्रममा जोड दिएका थिए ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा थारु संस्कृति, भेषभुषासहित झुमरा, झर्रा, मयूर, लाठी
जस्ता गीत तथा नृत्यको विशेष प्रस्तुति रहेको छ । साथै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको
प्रस्तुति तथा रेकर्डिङ नृत्यद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ

जागृती युवा क्लबको आयोजना , थारु कल्याणकारिणी सभा कपिलवस्तुको संयोजन, नेपाल आदिबासी जनजाति
महासंघ समन्वय परिषद कपिलवस्तुको संरक्षण , जिल्ला विकास समिती कपिलबस्तुको सहयोग, जिल्ला प्रशासन
कार्यालय कपिलबस्तुको सहकार्य रहेको खिचडी महोत्सबको सहआयोजकमा बाणगंंगा नगरपालिका कपिलबस्तु रहेको छ ।
महोत्सव श्याम सिटी र सीमा थारुको संचालनमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ नक्कली कागजात बनाएर वन फँडानी गरेको आरोपमा एकजना पक्राउ वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार वायु प्रदूषणको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उडान ठप्प