2026-07-10 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ति सहित मध्यपश्चिम बन्द गर्ने बन्दकर्तालाई दाङ प्रहरीले दियो यस्तो सजाय

पुस १२, दाङ । कैलालीमा गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दुवादी संगठनहरुले राप्ति सहित मध्यपश्चिम बन्द गराएका छन् । बन्द गराउने क्रममा हिँडेका एकजनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको छ ।

गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका थिए । त्यसको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विभिन्न हिन्दू संगठनहरुले मंगलबार एक दिन मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । उनीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका थिए ।

बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । त्यस्तै सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् ।

यसै क्रममा बन्द गराउने एक जनालाई प्रहरीले कान समातेर उठबस गराएको छ । यही बिषयलाई लिएर हिन्दुवादीहरुले बिभिन्न राजनीतिक दलहरुले बन्द गराउँदै केही पनि नगर्ने प्रहरीले आज हिन्दुवादीहरुलाई सार्बजनिक स्थानमा सजाय दिएको भन्दै प्रहरीको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो