2026-10-27 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको करान भेगका स्थानीय जाडो छल्न बेसी झर्दै

नन्द बहादुर रोकाया/ पुस १२, मुगु । मुगु जिल्लाको पुर्वी करान भेगका स्थानीय जाडो छल्न बेशी झर्न थाले का छन । 

उच्च हिमाली भेगमा चिसो बढ् संगै गाउँमा बस्न नसकिने भएपछी करान भेगका स्थानीय बेशिमा झन थालेका हुनु । बर्से्नि उच्च हिमाली बस्ती मा रहेका २ गाविस मुगु र डोल्फुु गा बि सका स्थानीय ४ महिना बेंसी र ८ महिना गाउँमा बस्ने गर्छन् । यस क्षेत्रका बासिन्दा जाडो छल्न देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्ने गरेको पाईन्छ । 

मुख्यगरी यिनीहरू परिवारसहित जिल्ला सदरमुकाम गमगढी, जुम्ला सुर्खेत र काठमाडौं जाने गर्छन् । आर्थिक स्थिति कमजोर भएकाहरू गाउँबाट २ घन्टा तल रहेको सिरानी चौरमा झर्ने गर्छन् । यसै बिच जाडो झल्न बेसी झरे पछीगाउँ नै सुनसान भएका छन । चिसो अत्याधिक बढेपछि करान भेगका बासिन्दा खेती थन्काएर बालबच्चा सहित बेसी झरेपछि अहिले  गाउँहरु खाली भएका छन् । जाडोको समयमा त्यहाँ बस्न नसकेपछि बेशी झरेने गरेको मुगु गा कि सका स्थानीय र्छोतेङ्ग लामाले बताउनु भयो । 

उहाँका अनुसार यी दुई गाउँका मात्र होइन, जिल्लाका उच्च स्थानमा रहेका अन्य बस्तीका सर्वसाधारण पनि यो सिजनमा बेंसी झर्ने गर्छन् । फरक यति हो कि यी दुई गाउँबाहेक अन्य बस्तीका स्थानीय लेक र औलो गरी दुवै ठाउँका घरजग्गा हुने भएकाले गर्मीमा लेक र हिउँदमा बेंसी झर्ने गर्छन् । 

मुगु र डोल्फु गाउँबाट बाल बच्चासहित बेंसी झर्ने क्रम सुरु भएसँगै यी गाउँ खाली हँुदै गएका छन् । प्राय गाउँहरु खाली छन् जाडो छल्न र व्यापार गर्न धेरै स्थानीयले गाउँनै छाडेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने