मोहम्मद ईजहार शेष/पुस १२, परासी । नेपालकै भुभाग पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका नवलपरासीको सुस्ताबासीहरु सरकारले प्रदान गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस १२, परासी । नेपालकै भुभाग पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका नवलपरासीको सुस्ताबासीहरु सरकारले प्रदान गरेको "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ता एक समस्या अनेक मनदेखि तनसम्म

१२ पुष २०७३, मंगलवार १०:१४


मोहम्मद ईजहार शेष/पुस १२, परासी । नेपालकै भुभाग पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका नवलपरासीको सुस्ताबासीहरु सरकारले प्रदान गरेको विभिन्न सेवा सुविधावाट बन्चित हुदै गएका छन् । 

करिब ३ सय घरदुरी रहेको त्रिवेणि सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा मा भारतको विहार राज्यको भेडियारी बजार , उत्तरमा विवादित सुस्ता क्षेत्र र युपी ब्यारेज र पश्चिममा नवलपरासीको पक्लीहंवा गाविस पर्दछ ।

टापु जस्तै मानिएको नरायणि पारी , शिक्षा , स्वास्थ्य , विद्युत , शुरक्षा लगायत प्रयाप्त सेवा सुबिधा सेमत छैनन् । सुरक्षाको दृष्टिकोणले निकै पछाडि परेको सुस्ताबासीको दिनचर्या दिनप्रतिदिन खस्कीदै गएको छ । ४० हजार ८ सय ८० क्षेत्रफलमा फैलीएको सुस्ता क्षेत्रको १४ हजार क्षेत्रफल अहिलेसम्म अतिक्रमण भईसकेको छ । 

८ हजार क्षेत्रफल भारतले जोतभोगमा समेत रोक लगाएको छ । विसं २०२२ सालको भिषण बाढिले बिस्थापीत भएका सुस्ता बासीहरु अहिलेसम्म नागरिकता , लालपुर्जा लगायतका नेपाली प्रमाणपत्र समेत पाउन सकेका छैन्न । बर्षाैं देखि बसोबास गर्दै सिमाको विना वर्दी संरक्षण गरिरहेका सुस्ता बासीहरुको अहिलेसम्म टोलीमा मात्र करिब ३०० अंगिकृत नागरिकता बितरण भएको छ । 


भारतले भारतीय बजारमा रोक लगाएपछि स्थानीयहरु संधै जोखिमपुर्ण डुङ्गा यात्रा तय गर्न बाध्य रहेका छन् । नापी साखाद्धारा आफुहरुले जोतभोग गरेको जग्गा नापसाध भई लालपुर्जा र नागरिकता पाउनु पर्ने , सिमाको समस्या कुटनितिक तरिकाले समाधान हुनु पर्ने उनिहरुले मांग गरेका छन् ।

शिक्षाको हिसाबले एक मात्र विद्यालय जनता दलित प्राथमिक विद्यालय सुस्ता रहेको छ । भावी अध्ययनका लागि नेपाल आउने बाटोको अभाव रहेको र भारतमा पढ्न जाँदा भारतको मिचहा प्रबृतिका कारण त्यँहाका विद्यालयमा विद्यालयले भारतीय ठेगााना लेखेर भर्ना दिने गरेकाले नेपाली विद्यार्थिहरुको भविष्य अन्धकार हुने गरेको छ र अधिकांस बालबालिकाले कक्षा  ५ को अध्ययन पछि पढाई छोडने गरेका छन् । उँखु र बदामका लागि निकै उर्वर मानिएको सुस्ता गाँउमा मात्र १५ वटा उँखु पेल्ने क्रसर रहेका छन् । तर त्यहाँ उत्पादीत भेलीले बाटो अभावका कारण बजार पाउन सकेको छैन भने सो राजगारी वा बाध्यताको नाममा माछा मार्ने र केही ब्यक्ति डुङ्गा चलाउने गरेका छन् ।

वर्षायाममा डुङ्गा यात्रा गर्दा एकतर्फि मात्र ४ घन्टा लाग्ने गरेको छ भने पानीको सतह अत्याधिक भएको बेला डुङ्गा यात्रा महिनौं सम्म अवरुद्ध समेत हुने गरको छ । बाकी समयमा घन्टौसम्मको जोखिम पुर्ण यात्रा तय गर्नुपर्ने सुस्ता बासीको दैनिकी नै बनेको छ । 


तर एशियाकै दोस्रो ठुलो झुलङ्गे पुल पक्लीहंवादेखि सुस्ता जोड्न निर्माण कार्य सुरु भएपछि आवतजावतमा सहज हुने सुस्ता बासीमा आशा पलाएको छ । तर बेलाबखत भारतीय पक्षले पुल निर्माणमा समेत अवरोध गरेपछि उनिहरु निकै दुखि हुने गरेका छन् । 

नेपाल सरकारको योजनामा अहिले सुस्ता नमुना गाँउमा परेपनि बाटो नभएसम्म आफुहरुलाई कुनै लाभ हुन नसक्ने बताएका छन् । सुस्ता क्षेत्रलाई संरक्षण गर्न सुस्ता बचाउ अभियान , सिमा संरक्षणमा लागौं लगायतका विभिन्न अभियानहरु सञ्चालन भएपनि दुबै देशबिच कुटनितिक तरिकाले कुनै पहल नहुँदा कुनै उपलब्धी हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो