मोहम्मद ईजहार शेष/पुस १२, परासी । नेपालकै भुभाग पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका नवलपरासीको सुस्ताबासीहरु सरकारले प्रदान गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस १२, परासी । नेपालकै भुभाग पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका नवलपरासीको सुस्ताबासीहरु सरकारले प्रदान गरेको "/>

2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ता एक समस्या अनेक मनदेखि तनसम्म


मोहम्मद ईजहार शेष/पुस १२, परासी । नेपालकै भुभाग पुग्न भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका नवलपरासीको सुस्ताबासीहरु सरकारले प्रदान गरेको विभिन्न सेवा सुविधावाट बन्चित हुदै गएका छन् । 

करिब ३ सय घरदुरी रहेको त्रिवेणि सुस्ता गाविस वडा नम्बर ४ सुस्ताको दक्षिण र पुर्वमा मा भारतको विहार राज्यको भेडियारी बजार , उत्तरमा विवादित सुस्ता क्षेत्र र युपी ब्यारेज र पश्चिममा नवलपरासीको पक्लीहंवा गाविस पर्दछ ।

टापु जस्तै मानिएको नरायणि पारी , शिक्षा , स्वास्थ्य , विद्युत , शुरक्षा लगायत प्रयाप्त सेवा सुबिधा सेमत छैनन् । सुरक्षाको दृष्टिकोणले निकै पछाडि परेको सुस्ताबासीको दिनचर्या दिनप्रतिदिन खस्कीदै गएको छ । ४० हजार ८ सय ८० क्षेत्रफलमा फैलीएको सुस्ता क्षेत्रको १४ हजार क्षेत्रफल अहिलेसम्म अतिक्रमण भईसकेको छ । 

८ हजार क्षेत्रफल भारतले जोतभोगमा समेत रोक लगाएको छ । विसं २०२२ सालको भिषण बाढिले बिस्थापीत भएका सुस्ता बासीहरु अहिलेसम्म नागरिकता , लालपुर्जा लगायतका नेपाली प्रमाणपत्र समेत पाउन सकेका छैन्न । बर्षाैं देखि बसोबास गर्दै सिमाको विना वर्दी संरक्षण गरिरहेका सुस्ता बासीहरुको अहिलेसम्म टोलीमा मात्र करिब ३०० अंगिकृत नागरिकता बितरण भएको छ । 

भारतले भारतीय बजारमा रोक लगाएपछि स्थानीयहरु संधै जोखिमपुर्ण डुङ्गा यात्रा तय गर्न बाध्य रहेका छन् । नापी साखाद्धारा आफुहरुले जोतभोग गरेको जग्गा नापसाध भई लालपुर्जा र नागरिकता पाउनु पर्ने , सिमाको समस्या कुटनितिक तरिकाले समाधान हुनु पर्ने उनिहरुले मांग गरेका छन् ।

शिक्षाको हिसाबले एक मात्र विद्यालय जनता दलित प्राथमिक विद्यालय सुस्ता रहेको छ । भावी अध्ययनका लागि नेपाल आउने बाटोको अभाव रहेको र भारतमा पढ्न जाँदा भारतको मिचहा प्रबृतिका कारण त्यँहाका विद्यालयमा विद्यालयले भारतीय ठेगााना लेखेर भर्ना दिने गरेकाले नेपाली विद्यार्थिहरुको भविष्य अन्धकार हुने गरेको छ र अधिकांस बालबालिकाले कक्षा  ५ को अध्ययन पछि पढाई छोडने गरेका छन् । उँखु र बदामका लागि निकै उर्वर मानिएको सुस्ता गाँउमा मात्र १५ वटा उँखु पेल्ने क्रसर रहेका छन् । तर त्यहाँ उत्पादीत भेलीले बाटो अभावका कारण बजार पाउन सकेको छैन भने सो राजगारी वा बाध्यताको नाममा माछा मार्ने र केही ब्यक्ति डुङ्गा चलाउने गरेका छन् ।

वर्षायाममा डुङ्गा यात्रा गर्दा एकतर्फि मात्र ४ घन्टा लाग्ने गरेको छ भने पानीको सतह अत्याधिक भएको बेला डुङ्गा यात्रा महिनौं सम्म अवरुद्ध समेत हुने गरको छ । बाकी समयमा घन्टौसम्मको जोखिम पुर्ण यात्रा तय गर्नुपर्ने सुस्ता बासीको दैनिकी नै बनेको छ । 

तर एशियाकै दोस्रो ठुलो झुलङ्गे पुल पक्लीहंवादेखि सुस्ता जोड्न निर्माण कार्य सुरु भएपछि आवतजावतमा सहज हुने सुस्ता बासीमा आशा पलाएको छ । तर बेलाबखत भारतीय पक्षले पुल निर्माणमा समेत अवरोध गरेपछि उनिहरु निकै दुखि हुने गरेका छन् । 

नेपाल सरकारको योजनामा अहिले सुस्ता नमुना गाँउमा परेपनि बाटो नभएसम्म आफुहरुलाई कुनै लाभ हुन नसक्ने बताएका छन् । सुस्ता क्षेत्रलाई संरक्षण गर्न सुस्ता बचाउ अभियान , सिमा संरक्षणमा लागौं लगायतका विभिन्न अभियानहरु सञ्चालन भएपनि दुबै देशबिच कुटनितिक तरिकाले कुनै पहल नहुँदा कुनै उपलब्धी हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह