भाष्कर केसी/पुस १२, कञ्चनपुर । पुस ५ गते कैलालीको धार्मिक स्थल गौदावरीमा गाईलाई विष सेवन गराई हत्या गरेको भनी श्रृख्लाबद्ध तरिकाले हिन्दु धार्मिक संगठन, स्थानिय साथै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर केसी/पुस १२, कञ्चनपुर । पुस ५ गते कैलालीको धार्मिक स्थल गौदावरीमा गाईलाई विष सेवन गराई हत्या गरेको भनी श्रृख्लाबद्ध तरिकाले हिन्दु धार्मिक संगठन, स्थानिय साथै"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गौ हत्यासम्बन्धि बेदकोट नगरपालिकाद्वारा क्षमायाचना

१२ पुष २०७३, मंगलवार ११:२४

भाष्कर केसी/पुस १२, कञ्चनपुर । पुस ५ गते कैलालीको धार्मिक स्थल गौदावरीमा गाईलाई विष सेवन गराई हत्या गरेको भनी श्रृख्लाबद्ध तरिकाले हिन्दु धार्मिक संगठन, स्थानिय साथै राजनितीक पार्टीले गरेको बन्द प्रति आफ्नो ध्यानकर्षण भएको बेदकोट नगरपालिका कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नगरपालिका भित्र खासगरी पूर्व पश्चिम राजमार्ग क्षेत्रमा चौपायाहरुले किसानहरुको अन्नबाली नोक्सानी गरेको र दुर्घटना समेत हुने गरेको र स्थानीय बासिन्दाहरुले नगरपालिका भित्र विभिन्न ठाउँमा छाडा चौपायाहरु एकिकृत गरी नगरपालिकाको कम्पाउण्ड भित्र प्रवेश गराएका थिए । 

उनीहरुले नगरपालिका घेराउ गर्दै तत्काल व्यवस्थापन  गर्न माग गर्दै बिज्ञप्तीसमेत बुझाएको नगरपालिकाले जनाएको छ । व्यवस्थापन गर्नुपर्ने देखिएकोले नगरपालिकालको बोर्ड बैठकले निर्णग गरे बमोजिम अन्दाजी १२५ को संख्यामा रहेका छाडा चौपायाहरु तत्काल व्यवस्थापन गर्नुपर्ने र कञ्चनपुर जिल्ला चारैतिरबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहकोले चरीचरनको क्षेत्र नभएका कारण उचित स्थानमा व्यवस्थापन गर्न अति आवश्यक भएकोले पुस ४ गते ४ ट्रकहरुमा स्थानीय बासिन्दा प्रहरी, नगरपालिकाको सहयोगमा उक्त छाडा चौपायाहरु सकुशल पठाएको नगरपालिकाले बताएको छ । 

चौपाया मृत्यु भएको सन्दर्भमा मार्ने नियतले व्यवस्थापन गर्ने उद्देश्य नभएको र यस्तो दुःखद घटना घटन गएकोमा नगरपालिकाले घटना प्रति दुःख व्यक्तगदै, साथै अबका दिनमा यस्तो किसिमको दुःखद घटना नदोहरिने प्रतिवद्धता गर्दै यस दुःखद घटना प्रति नि.कार्यकारी अधिकृत प्रताप चन्दले बिज्ञप्तीमार्फत क्षमायाचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन