११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले बागलुङको अध्यक्षमा भारी मतले सापकोटा निर्वाचित

१३ पुष २०७३, बुधबार ०६:११

कृष्ण कँडेल, पुस १३, बागलुङ । नेकपा एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनवाट इन्द्रलाल सापकोटा भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् ।

माधब नेपाल पक्षका सापकोटाले कुल खसेको ५ सय ७९ मत मध्ये ३ सय ८८ मत प्राप्त गरी निकटम प्रतिद्वन्द्वी अध्यक्ष केपि ओली पक्षका निवर्तमान जिल्ला उपाध्यक्ष नरबहादुर थापालाई पराजित गरे । 

सांसद समेत रहेका थापाले १ सय ५३ मत प्राप्त गरेका निर्वाचन समितिका संयोजक ममतादेवि शर्माले जानकारी दिईन् ।

उपाध्यक्षमा ३ सय १८ मत लिएर कृष्ण पाठक, सचिवमा ३ सय ८६ मतका साथ लालबहादुर थापा र उपसचिवमा बिष्णु भुषाल ३ सय १० मतका साथ विजयी भएका छन् । जिल्ल निर्वाचन कमिटीको अध्यक्षमा बिष्णुप्रसाद शर्मा र लेखा समितिको सचिवमा पूर्ण परियार निर्वाचित भएका छन् ।  

सदस्यमा खुल्ला तर्फ केवी राना मगर, धनबहादुर परियार, गणेश थापा, डिल्लीराज गौतम, गाविन्द गौतम, ऋतुबर्ण पौडेल र भूपाल चालिसे विजयी भए । 

पुनमप्रसाद शर्मा र लक्ष्मण पुनले बराबरी १ सय ७१ मत प्राप्त गरे । इलाका सदस्य तर्फ भरत पुरी, दिपक गौतम, प्रेम लामिछाने, तिर्थमणी भुषाल निर्वाचित भए । ७ महिला सदस्य खुल्लामा सावित्रा राना, यमुना राना, शान्ति आधिकारी, गगांकुमारी शर्मा, हुमाकुमारी जिसी अञ्जु, कल्पना शर्मा र कोपिला खरेल सापकोटा चयन भए ।

अधिबेशनले आगामी चार बर्षे कार्यकालका लागि ५९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । 

नयाँ नेतृत्व चयनका लागि मंगलवार भएको मतदानमा जिल्ला भरबाट ६ सय ६ मतदाता रहेकोमा जम्मा ५ सय ७९ मत खसेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह