पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने"/>
२०८३, ९ जेष्ठ शनिबार
पर्बत - PBT

लागुऔषध सहित तीन जना पक्राउ

२०७३, १३ पुष बुधबार ०६:१८

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले कुश्मा नगरपालिका शिवालय चोकबाट उदयपुर त्रियुगा नगरपालिका ११ वस्ने वर्ष २१ को विक्कु लामिछाने, म्याग्दी वरम्जा ४ वस्ने वर्ष २३ को सानु क्षेत्री  र जिल्ला पर्वत कुश्मा नगर पालिका १० वस्ने वर्ष २६ को सुमन गुरुङ लाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नर्फिम ३५ थान, डाईजापाम ३५ थान र फेनरागन – ३५ थान गरी जम्मा १०५ थान सहित रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।  

उनीहरु विरुद्ध लागूऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रनाउ शेखर खनालले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा लागूऔषधको प्रयोगकर्ता बढेको समाचार बाहिर आइरहेको छ । युवाहरु लागूऔषधको कुलतमा फस्ने गरेको पाइता पनि अझै सरोकारवाला निकायहरु त्यसलाई न्यूनिकरण गर्न सकेका छैनन । जिल्लामा गैरकानूनी रुपमा संचालनमा आएका निजि क्लिनिकले पनि जिल्लामा लागूऔषध गर्नेहरुलाई बढवा दिने काम गरेका छन् । बजारक्षेत्रमा रहेका नीजि क्लिनिकबाट लागूऔषध जन्य पदार्थ ओसारपोसार हुने गरेको खबर बाहिर आएता पनि र बजारमा क्लिनिकबाटनै लागू औषध विक्रिवितरण भएको गुनासो बढेता पनि जिल्लामा रहेका सरोकारवाला निकायले भने केहि गर्न सकेको अबस्था छैन । विकिरणयुक्त एक्सरे रेहरु खुला छोडेर सर्वसाधरणको जीवनमाथि खेलवाड गरेका निजि क्लिनिकले लागूऔषधको कारोबारलाई समेत बढवा दिएको गुनासो छ तर पनि सरोकारवला निकाय मौन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ