समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग र"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

आर्थिक अबस्था कमजोर भएका ३ सन्तानका पिता सुबेदिलाई सहयोग

१३ पुष २०७३, बुधबार ०६:३०

समाज सुधार सेबा मञ्च सिसेफ नेपाल पर्बतले ३ सन्तानका पिता लक्ष्मण सुबेदिलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । कुश्मा नगरपालिका ६ दुर्लुङ्ग घर भएका चमल्याहा वच्चाका पिता लक्ष्मण सुबेदिलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्त्रण गरिएको हो । बिभिन्न सहयोग दाताहरुबाट संकलित नगद र बच्चाको लागि बिभिन्न खाद्यय सामान सहित कुल ११ हजार ५ सय ५५ रुपैया हस्तान्त्रण गरिएको हो । सोहि अबसरमा भर्खर मात्र कुश्मा नगरपालिकामा कार्यकारी प्रमुखको रुपमा आउनु भएका नबआगन्तुक कुमानसिंग गुरुङ्गलाई संथाले स्वागत समेत गरेको थियो ।


सहयोग हस्तान्त्रण कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाका कार्यकारी प्रमुख कुमानसिंग गुरुङ्गले युवाहरुले गरेको कामको उच्च प्रशंसा गर्दै आर्थिक अबस्था कमजोर भएका ३ सन्तानका पिता लक्ष्मण सुवेदीलाई सहयोग गर्नेहरु प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । संस्थाले समाज सुधारमा धेरै काम गर्देै आएको र दिन दुखीहरुको लागि सहयोगि हातहरु खोजी सहयोग गर्ने संस्था रहेकोले आफु समेत यसबाट प्रभाबित भएको बताउनुभयो । उहाँले आगामि दिनमा पर्यटकिय सुचना केन्द्र संग सहकार्य गरेर नगरपालिका पनि अगाढि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।


सस्थाका अध्यक्ष थमनारायण पौडेलकोे अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत सिसेफ महिला समुहकी अध्यक्ष सरस्वाती वस्नेतले गर्नुभएको थियो । कार्यक्रममा सिसेफ नेपालका सल्लाहाकार यज्ञ प्रसाद शर्मा, एकता युबा क्लबका अध्यक्ष अच्युत तिबारी, प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जुन पौडेल निर्जन लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम संचालन सिसेफ नेपालका उपाध्यक्ष  कामना रेग्मीले गर्नुभएको थियो । सस्थाले बिगतका बर्षहरु देखिनै असहाय, गरिब तथा बिभिन्न सेबाहरु बाट बञ्चीत भएकाहरुलाई सहयोगि हातहरुको खोजि गरि काम गर्दै आएको छ ।


सहयोग गर्ने हरुमा संस्थाका अध्यक्ष थमनारायण पौडेल २ हजार ५५ रुपैया प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जून निर्जन पौडेल २ हजार रुपैया, समाजसेबी राजकुमार बस्नेत २ हजार रुपैया, सिसेफ नेपालका सल्लाहाकार सुबर्ण अर्याल २ हजार रुपैया, समाजसेबि रामचन्द्र सुबेदि १ हजार रुपैया र पारिबारीक होटलबाट २ हजार ५ सय रुपैया सहयोग रकम संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने