२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयका बिद्यार्थीद्वारा २ घण्टा धर्ना

१३ पुष २०७३, बुधबार १३:४९

पुस १३, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरस्थित सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालयका विज्ञान तथा प्रबिधि संकाय अन्र्तगत भौतिक शास्त्र समुहका बिद्यार्थीहरुले आफुहरुको मागप्रति सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै आज २ घण्टा धर्ना दिएका छन । 

बिश्वबिद्यालयका मुलगेटमा तालाबन्दि गरेको आज ९ दिन पुरा भैसक्दा पनि  मागप्रति सम्बन्धित निकाय मौन बसेकोमा आपत्ति जनाउदै आगामी दिनमा आफुहरु आन्दोलनमा जान बाध्य हुने चेतावनि समेत दिएका छन । भौतिक शास्त्रका सम्पुर्ण बिद्यार्थीहरुद्धारा जारी गरीएको प्रेश बिज्ञप्तिमा आफुहरुको मागप्रति सम्बन्धित निकायले देखाएको मोनताप्रति उनिहरुले घोर आपत्ति जनाएका छन ।  बिद्यार्थिहरुले पटक पटक सम्बन्धित निकायलाई आफुहरुको माग पुरा गरीदिन आग्रह गर्दै आएपनि बिश्वबिध्यालयका पदाधिकारीहरुले भने कुनै पनि चासो नदिएकोमा घोर आपत्ति जनाएका हुन । उनिहरुले बिश्वबिध्यालयको मुल गेट अगाडी चेतावनि स्वरुप आज २ घण्टे धर्ना दिदै अझै पनि आफुहरुको माग पुरा गर्नमा सम्बन्धित निकायले आलटाल गर्न खोजे कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनि समेत दिएका छन । 

शिक्षण शुल्क निर्धारण गर्नुपर्ने, अन्र्तराष्टिय स्तरको प्रयोगशालाको व्यवस्ता गर्नुपर्ने, दोहोरो प्राध्यापनलाई बन्द गर्नुपर्ने, बिभागिय प्रमुख र डिनको नियुक्ति तत्काल गर्नुपर्ने, रिसर्च सेन्टर हुनुपर्ने लगायतका आफुहरुको मागको चाडै सुनुवाई गर्न भन्दै यहि पौष ५ गते बिश्वबिद्यालयका मुलगेटमा अनिश्चितकालिन तालाबन्दि गरेका थिए ।  

अनिश्चितकालिन तालाबन्दिको आज ९ दिन भैसक्दा पनि जिम्मेवार निकायका पदाधिकारीहरुले कुनै पनि प्रतिकृया नजनाएको भन्दै आन्दोलित बिद्यार्थीहरुले आक्रोश व्यक्त गर्नुभयो ।  

उपकुलपति प्रा. भुषण श्रेष्ठ र रजिष्टार दिजराज भटट लगायतका अन्य कर्मचारी र क्याम्पस प्रशाशन उदासिन देखिएको प्रति संकायका बिद्यार्थीहरुले आपत्ति जनाउदै बिद्यार्थीहरुको आवश्यक मागहरुप्रति एक्यबद्धता जनाई सम्बोदन गनुृको साटो झन आफुहरुको आन्दोलनलाई निश्तेज पार्न लागी परेको उनिहरुको भनाई छ । पुष्पा बोहराबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य