2026-07-10 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा पत्रकार कल्याणकारी कोषको स्थापना

2016-12-29

पुस १४, रोल्पा । नेपाल पत्रकार महासङ्घ रोल्पाले पत्रकार कल्याणकारी कोषको स्थापना गरेकोे छ । महासङ्घको स्थापना दिवसका अवसरमा सो कोषको स्थापना गरिएको महासङ्घका जिल्ला अध्यक्ष महेश न्यौपानेले आज जानकारी दिनुभयो ।

अध्यक्ष न्यौपानेले आफ्ना पिता ऋषिराम शर्माको निधन भएपछि पिताको सम्झनामा महासङ्घलाई हस्तान्तरण गरेको रु १५ हजार नगद र महासङ्घले प्रत्येक वर्ष जिल्लामा सदस्यता नवीकरणबाट प्राप्त हुने शुल्क कृषि विकास बैंकमा जम्मा गरी आउने ब्याजबाट जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका तर जोखिममा परेका पत्रकारलाई सहयोग गरिने बताइएको छ ।

करिब तीन वर्षको बीचमा महासङ्घमा सदस्यता नवीकरणबाट करिब ४० हजार सङ्कलन भइसकेको महासङ्घले जनाएको छ । सो कोषको इच्छुक व्यक्ति सङ्घसंस्था वा समूहले पनि रकम थप गरी जम्मा गर्न सकिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल