१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

५ गाविसलाई बैशाखभित्र साक्षर गाविस घोषणा गर्ने तयारी

१४ पुष २०७३, बिहीबार ०७:०१

नन्द बहादुर रोकाया/ पुस १४, मुगु । जिल्ला शिक्षा कार्यलय मुगुले यहि बैशाख भित्र जिल्लाका ५ गा बि स लाई साक्षर गाविस घोषणा गर्ने तयारी  गरेको छ ।  

सरकारको २०१७ भित्र सिगोँ मुलुकलाई नै साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप मुगुलाई पनी साक्षर जिल्ला घोषणाका लागी काम भईरहेको जिल्ला शिक्षा जिल्ला शिक्षा कार्यलय मुगुले जनाएको छ । कार्यालयले आगामी बैशाख महिना सम्म साक्षरताको संख्या पुरा भएका ५ गाविसहरु छानी साक्षर गाउँ बिकास समिती घोषणाको तयारी समेत गरेको जिल्ला शिक्षा अधिकारी जवारलाल हमालले बताउनुभयो । 

उहाँका अनुसार करानको किम्री, सोरुको कालै, खत्याडको सेरी, खमाले र गम भेगको कार्किवाडा गाउँ बिकास समितीलाई आगामी बैसाख सम्ममा साक्षर गाउँ बिकास समिती घोषणा गरिसक्ने हमालको भनाई छ । 

सरकारले यसबर्ष थप ३० वटा जिल्लालाई साक्षर घोषणा गर्ने तयारी गरिरहेकाले यहि अभियान अन्र्तगतमा मुगु जिल्लालाई पनी साक्षर जिल्ला घोषणाका लागी सबैले पहल गर्नुपर्नेमा जिल्ला शिक्षा अधिकारी हमालले आग्रह गर्नुभयो । जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्याङक अनुसार १५ हजार ८ सय ७१ जना अझै पनी निरक्षर रहेको बताईएको छ । 

जिल्लाका बिभिन्न क्षेत्रहरुमा बिद्यार्थीहरुले बिचमै पढाई छोड्नु, झण्डै ४ प्रतिशत बालबालिका अझै शिक्षाको पुहच बाहिर हुनुका कारणले जिल्लालाई सजिलै साक्षर घोषणा गर्न नसकिने भएकाले यसमा सबैको उत्तिकै भुमिका रहनेमा छलफलका सहभागिहरुको जोड रहेको थियो ।

 जिल्लाका ग्रामिण क्षेत्रका बिद्यालयहरुमा शिक्षक नै नबस्ने, बिद्यार्थीहरुको अनियमितता लगायतका समस्याहरुका बारेमा पनी छलफलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह