२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जगदीशपुर तालको सरकारी निकायले नै महत्व बुझेन

१३ चैत्र २०७२, शनिबार ०५:२९

jagadishpur taaalकमल बेल्बासे/चैत १३, कपिलबस्तु ।
नेपालकै प्रमुख गन्तब्य तथा बिश्वकै संपदाका रुपमा रहेका कपिलबस्तु जिल्लाको निग्हिवा गाबिसमा रहेको
जगदीशपुर ताललाई सरकारी निकायले बेवास्ता गरेकाले तालको महत्व नबुझेको जगदीशपुर जलासय बहुसरोकारवाल
मंचका सदस्यहरुले गुनासो गरेका छन् ।

बिश्व सीमसार क्षेत्रमा
सुचीकृत तथा मानव निर्मित नेपाल कै सबै भन्दा ठुलो तालका लागि जिबिस, वन, गाबिस लगायतका सरकारी निकायले
बजेट बिनियोजित नगरेको भन्दै उनीहरुले आक्रोस पोका छन् ।

मंचद्धारा जगदशीपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मंचका सदस्य तथा अगुवा ललित गुरुङले
जिबिसले २ बर्ष देखि तालको नाममा एक रुपैया पनि बिनियोजित नगरेको प्रति तीब्र असंतुष्टी ब्यक्त गर्नुभयो
। स्थानिय बिकास अधिकारी स्वयम पदेन संयोजक रहेको मंचमा जिबिसबाट तालकालागि एक पैसा पनि नछुाईनु निकै
दुःख कुरा रहेको उहाले बताउनुभयो ।

तालकालागि तत्कालीन प्रमुख
जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको सयममा जिबिसले ५ लाख बजेट बिनियोजित गरेको थियो । त्यस अघि पनि
तालकालागि जिबिसबाट बजेट छुट्टाईने गरिएको थियो । तर २ बर्षयता आफहरुले ध्यानकषर्ण गराउदा कुनै सुनुवाई
नभएको स्थानीयले गुनासो गरेका छन् ।

आईयुसिनले जगदीशपुरको विकासकालागि संचालिन भबिष्यका लागि
सीमसार परियोजना २ महिना पछि सकिदै छ । त्यसले झनै समस्या निम्त्याएको छ । परियोजनाले ताल क्षेत्रमा
पिकानिक स्पट, होमस्टे संचालन, तालिम, तारबार लगायतका कार्यमा सहयोग गरेको छ । तर २ महिना पछि परियोजना
फेज आउट हुने पक्का भएकोले ताल संरक्षणका र विकास रोकिने देखिएको छ ।

गाबिसले बर्षको ५० हजार वन कार्यालयले तारबार लगायतका केही रकम दिने गरेको छ । मञ्चले तालको
बिचमा ठुलो बुद्धको मुर्ति स्थापना, डुंगा संचालन लगायतका योजना अघि सारे पनि आर्थिक समस्याले गर्दा
सुरुवात हुन सकेको छैन ।

माघमा गरिएको गणनाकाक्रममा तालमा १ सय
१३ प्रजातिका १७ हजार ३१८ जलपंक्षीको गणना गरिएको थियो । सन २००३ मा ताल बिश्व सीमसार क्षेत्रमा सुचीकृत
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने