पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अज्ञात रोगले एकै किसानका ३१ बाख्रा मरे

१४ पुष २०७३, बिहीबार १०:२६


पुस १४, डोटी । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । 

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका बाझककानी–१ का जङ्गबहादुर खड्काको फार्ममा सो रोग देखा परेको हो । 

मङ्सिरको दोस्रो सातादेखि देखिएको अज्ञात रोगका कारण सोही महिनाको ३० गतेदेखि बाख्रा मर्न सुरु भएको खड्काले राससलाई बताउनुभयो । 

उहाँका अनुसार सुरुका दिनमै नौवटा बाख्रा मरेका थिए । फार्म रहेका ५६ वटा बाख्रामध्ये अहिले २५ वटा मात्रै बाँकी छन् । 

खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले विसं २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट रु सात लाख ऋण लिएर बाख्रापालन सुरु गर्नुभएको थियो । 

बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काको भनाइ छ । 

सुरुमा बाख्राको शरीरमा रौँं पातलिँदै जाने, विस्तारै चायाँ पर्दै जाने र अन्ततः बाख्रा ¥याल काढेर मर्ने गरेको खड्काले बताउनुभयो । रोगले बाख्रा मर्न थालेपछि नजिकै मौवामा रहेको पशुसेवा केन्द्रमा सम्पर्क गरेर पशु स्वास्थ्यकर्मी बोलाइएको तर त्यसबेला रोग पत्ता नलाग्दा लक्षणका आधारमा उपचार गरिएको खड्काले बताउनुभयो । 

जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले थप समस्या देखिए विशेषज्ञ खटाउने तयारीमा रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान