कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कार्यक्षेत्रमा सम्झनलायक काम गर्न प्रमुख थापाको आग्रह

२०७३, १४ पुष बिहीबार ११:५३


कृष्ण कँडेल/पुस १४, बागलुङ । कर्मचारी मिलन केन्द्र बुर्तिबाङले विभिन्न कार्यालयमा सरुवा भई बुर्तिबाङ आएका कर्मचारीलाई स्वागत तथा सरुवा भई जान लागेका सरकारी कर्मचारीलाई एक कार्यक्रम गरि विदाई गरेको छ । 

केन्द्रले ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय नवलपरासी जान लाग्नुभएका प्रहरी निरीक्षक शिवराज क्षत्रीलाई विदाई गरेको हो । 

यता एकीकृत सेवा केन्द्र बुर्तिबाङमा आउनुभएका सहायक लेखापाल डिलाराम खनाल, मातपोत कार्यालय बुर्तिबाङमा आउनुभएका सहायक लेखापाल बसन्त पौडेल र खरिदार युवराज बिष्ट तथा नापी कार्यालय बुर्तिबाङमा आउनुभएका सहायक लेखापाल गणेश आचार्यलाई स्वागत गरिएको छ ।

त्यस्तै केहि समय पहिले बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा आउनुभएका कार्यालय प्रमुख डाक्टर सुनिल जयसवाल र अर्का स्वास्थ्यकर्मी डाक्टर विजय श्रेष्ठलाई पनि स्वागत गरिएको हो । 

कार्यक्रममा एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले अबिर तथा खादा लगाएर स्वागत र विदाई गर्नुभएको थियो । 


सो अवसरमा बोल्दै सेवा केन्द्र प्रमुख थापाले राज्यको सेवा सुविधा लिएका कर्मचारीले नागरिकको सेवा गर्ने दाईत्व भएको भन्दै आफ्नो जिम्मेवारी अनुसारको सेवा प्रवाहमा गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । थापाले  आफ्नो कार्यक्षेत्रमा सम्झनलायक  उदाहरणिय कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी निरीक्षक शिबराज क्षत्रीको कामको प्रसंसा गर्नुभयो ।  

विदाई हुनुभएका प्रहरी निरीक्षक शिबराज क्षत्री र स्वागत भएकाहरुको तर्फबाट मालपोत कार्यालयका सहायक लेखापाल बसन्त पौडेलले कर्मचारी मिलन केन्द्रले भावना साटासाट गर्न स्वागत विदाई कार्यक्रम राखेको भन्दै खुसी व्यक्त गर्नुभयो । 

कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा मलपोत कार्यालय बुर्तिबाङका प्रमुख नारायण घर्तीको अध्यक्षता, सदस्य लोकबहादुर कुँवरको स्वागत मन्तव्य र कोषाध्यक्ष सुरज घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा