२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ४ प्रतिशत बालबालिका शिक्षाको पहुँच बाहिर

२०७३, १४ पुष बिहीबार ११:५६

नन्द बहादुर रोकाया/पुस १४, मुगु । मुगुका ४ प्रतिशत बालबालिकाहरु अझै शिक्षाको पहुँच बाहिर रहेका छन् । 

गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरु बाल मैत्री हुन नसक्नु लगाएतका कारणले ४ प्रतिशत बालबालिहरु विद्यालय बाहिर रहेको बताइएको छ । ५ गाबिस लाई यहि बैशाख भित्र्र साक्षर गाविस घोषणा गर्ने तयारी बिषयक छलफलमा जिल्ला शिक्षा अधिकारी जवारलाल हमलले मुगुका ४ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको बताउनु भयो । 

उहाँका अनुसार पारिवारिक कारण अशिक्षीत, र विद्यालयको वातावारणका कारण ४ प्रतिशत बालबालिकाहरु विद्यालय बाहिर रहेको हमालका भनाई छ ।  जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्याङक अनुसार मुगुमा १५ हजार ८ सय ७१ जना अझै पनी निरक्षर रहेको बताईएको छ । 

यसै बिच जिल्ला शिक्षा कार्यलय मुगुले यहि बैशाख भित्र जिल्लाका ५ गा बि स लाई साक्षर गाविस घोषणा गर्ने तयारी  गरेको छ ।  सरकारको २०१७ भित्र सिगोँ मुलुकलाई नै साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप मुगुलाई पनी साक्षर जिल्ला घोषणाका लागी काम भईरहेको जिल्ला शिक्षा जिल्ला शिक्षा कार्यलय मुगुले जनाएको छ । 

कार्यालयले आगामी बैशाख महिना सम्म साक्षरताको संख्या पुरा भएका ५ गाविसहरु छानी साक्षर गाउँ बिकास समिती घोषणाको तयारी समेत गरेको जिल्ला शिक्षा अधिकारी जवारलाल हमालले बताउनुभयो । 

उहाँका अनुसार करानको किम्री, सोरुको कालै, खत्याडको सेरी, खमाले र गम भेगको कार्किवाडा गाउँ बिकास समितीलाई आगामी बैसाख सम्ममा साक्षर गाउँ बिकास समिती घोषणा गरिसक्ने हमालको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ