सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा"/>
2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको ६० गाविसका विद्यालयमा अक्षकोष स्थापना अभियान तिब्र

सुवास विश्वकर्मा । पुस १५, पाल्पा | पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका  विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा.वि.स एक विद्यालय छनोट गरी जिल्लाका ६० विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना अभियान अगाडि बढाएको हो । पहिलो चरणमा २० विद्यालय, दोस्रोमा २० र तेस्रोमा २० गरि अक्षकोष स्थापनाको कार्यक्रम संचलन गरिएको युएई समाजले जनाएको छ  ।

समाजले बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमलाई तीब्रता दिएको बताएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत १५ विद्यालयमा अक्षकोष स्थापनाको काम सम्पन्न भएको पाल्पाली समाज युएइका पदेन सदस्य तथा पाल्पाली समाज युएईका क्षेत्रीय समिति अध्यक्ष इन्द्रबहादुर घर्तिले जानकारी दिनुभयो । यसैबीच जनप्रकास निम्न माध्यमिक विद्यालय जल्पा–३ साठ्ठिकोलमा अक्षकोष स्थापनाको कार्यक्रम सकिएको छ । पाल्पाली युएई समाजका पदेन सदस्य इन्द्र बहादुर घर्ति र दुर्गा बहादुर बारघरे गाउँमै पुगेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्षकोष स्थापनाको लागि २५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै घर्तिले समाजको नयाँ कार्यनीति अनुसार एक बर्ष मा ३६४ दिन आफ्नो लागि र १ दिन समाजको लागि भन्ने एक दिने अभियान संचालनगरी विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गाउँ कमिटि सभापति अनिरुद्र खनालले पाल्पाली समाज युएईले संचालन गरेको एक गाविस एक विद्यालय अक्षकोष स्थापना कार्यक्रम सह्रानीय रहेको भन्दै अक्षकोषको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रम को संचालन प्रधानाध्यापक दामोदर न्यौपानेले गर्नु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई