२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका गर्भवती महिलालाई फोनबाटै गर्भ परीक्षण गराउन निम्ता

२०७३, १५ पुष शुक्रबार ०७:५५

 पुस १५, दाङ । यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ । 

दाङको धनौरी गाविसका महिलालाई स्वास्थ्य चौकीबाटै यसरी ‘गर्भवती चेक जाँच गराउने समय आएपछि गर्भवती महिलालाई हजुरको गर्भ जाँच गर्ने दिन आयो भनेर फोनबाट बोलाउने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख मोहन रावतले बताउनुभयो । 

गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको चार महिना, छ महिना, आठ महिना, नौ महिना र गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ । 

“सुरक्षित मातृ शिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले यो सेवा केही महिना पहिलेदेखि सुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ” – रावतले भन्नुभयो । 

त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरेको छ । यतिमात्र होइन स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाको समेत व्यवस्था गरेको छ । 

घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातै दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले बताउनुभयो । चेकजाँच गर्न जाने स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य चौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ । 

रावतका अनुसार गर्भवती र सुत्केरी महिलाका लागि लाग्ने यो खर्चको व्यवस्थापन स्वास्थ्य चौकीले आन्तरिक रुपमा आफँै व्यवस्था गर्ने गर्छ । “यो सेवाका लागि हामीलाई कतैबाट बजेट आउँदैन स्वास्थ्य चौकीले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानीको केही प्रतिशत र अन्य जनस्वास्थ्य र स्वास्थ्य चौकीको सहकार्यको खाताबाट सङ्कलन भएको रकमबाट गर्भवती र सुत्केरीका लागि खर्च व्यवस्थापन गरेका छौँ – रावतले भन्नुभयो । 

योसँगै हाल स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ