Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
December 30, 2016 दाङ्ग - DNG, समाज

दलित युवाहरुका लागी धनौरिमा सुरक्षा गार्ड तालिम

By साझासवाल

शंकर के सी,  पुस १५, दाङ । दलित समूदायका युवाहरुले स्वदेशमै रोजगार पाउन सकुन् भन्ने उद्देश्यका साथ दाङको धनौरिमा सुरक्षा गार्ड तालिम शुरु भएको छ । दलित सञ्जाल धनौरि र राप्ती सेक्युरिटि सर्भिस्को सहकार्यमा शुक्रबार देखि शुरु भएको तालिमको एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

सो अवसरमा राप्ती सेक्युरिटी सर्भिस्का अध्यक्ष नरेश कुमार डागीले दलित समूदायका युवायुवतीहरुका लागी सुरक्षा गार्ड तालिमको आयोजना गरिएको जनाए । र उनले दिनानुदिन मानिसहरु वैदेशिक रोजगारका लागि विदेशिएको र कतिपय स्वदेशमै बेरोजगार भएर विभिन्न कुलतमा फसेको बेला सेक्युरिटी तालिम लिएपछि विदेशमा गएर वा स्वेदशमै पनि केही गर्न सकिन्छ भन्ने आँट सहभागीहरुमा आउने विश्वास व्यक्त गरे ।

द्यलित सञ्जालका अध्यक्ष भुपाल नेपालिको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी अतिथीहरुले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि हातमा सीप र सिर्जना आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा नेपालि काग्रेस धनौरिका सभापती रत्न बहादुर भण्डारी, एमाले धनौरिका अध्यक्ष डिल्ली पाण्डे, माओवादी केन्द्र धनौरिका संयोजक तोरण सिंह बाँठा मगर, राप्रपाका अध्यक्ष टोप बहादुर ओली, जनमोर्चाका प्रेम कुमारि विक लगाएतकाले बोल्दै तालिमका प्रशिक्षार्थीहरुले अनुशासन, धैर्यता र लगनशीलताको साथमा सुरक्षा गार्ड तालिम लिनुपर्ने बताएका थिए ।

२० दिन सम्म चल्ने तानलिममा महिला १० जना र पुरुष २० जना गरि ३० जना दलित समूदायका युवायुवतीहरुको सहभागीता रहेको राप्ती सेक्युरिटी सर्भिस्का फिल्ड अधिकृत चिरञ्जीवि रिजालले जनाएका छन् ।

राप्ती सेक्युरिटी सर्भिस्का अध्यक्ष नरेश कुमार डागीको प्रमुख आतीथ्यता, धनौरि गाविस सचिव राजेश कुमार गुप्ताको विशिष्ट आतीथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दलित सञ्जालका सचिव जानकी सुनारले राखेकी थिइन् भने सञ्चालन दिपक परियारले गरेका थिए ।