२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा गलत कामगरि करोडौको बजेट कुम्ल्याइयो

२०७३, १५ पुष शुक्रबार १६:३२


पुस १५, नवलपरासी । पुर्वपश्चिम राजमार्ग देखि रामग्राम स्तुप जोडने बाटोको निर्माण कार्यमा व्यापक अनियमितता भैरहेको स्थानियले आरोप लगाएका छन् । 

राजमार्ग स्थित हरकट्टा देखि बैकुण्ठापुर, लोहसडा, देउरवा हुदै रामगंराम स्तुपमा जोडने बाटोको निर्माणमा कमसल सामाग्री प्रयोग भई गुणस्तरहिन काम भएको स्थानियले आरोप लगाएका हुन् ।

संसद विकास कोष अन्तर्गत हरकट्टा देखि बैकुण्ठापुर र बैकुण्ठापुरदेखि देउरवाँ उजैनी रामग्राम स्ुतप, दुईटा प्याकेजमा ५/५ करोडको लगानीमा बाटोको निर्माण कार्य भै भैरहेको छ । बाटाको छेउछाउमा ढल निकास एवं कलबर्टको निर्माणमा प्रयोग हुने ईट्टा, बालुवा र मिस्कट गुणस्तरहिन रहेको स्थायिन एवं नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायको आरोप छ । उपाध्यायले प्रकृति र शिवदेवि ज्वाइन्ट भेन्चर कम्पनिले लिएको उक्त बाटो ठेक्काकाम भ्रष्टचार गर्न खोजेको आरोप लगाउनु भयो ।

रामग्राम नगरपालिका वडा नम्बर ७ देउरवाँमा बाटो निर्माणको क्रममा बनाईदै आइएको ढलनिकास तथा कलबर्टमा प्रयोग हुने निर्माण सामाग्रहरु स्टिमेट अनुसारको नभई स्थानिय खोलाको गुणस्तरहिन बालुवा, मिस्कट, र सिम ईट्टा प्रयोग भैरहेको छ । त्यस्तै बाटोमा हालिने माटो बाहिर बाट लयाउनु पर्ने स्टीमेटमा रहेपनि पनि ठेक्दारले बाटोकै छेउछाउका माटो प्रयोग गरि बजेट कुम्ल्याउन खोजेको उपाध्यायले आरोप लगाउनु भयो ।

र्हाइवेबाट स्तुपसम्म बाटो करिब १० किलोमिटरको दुरी छ । उक्त निर्माणधिन बाटो प्रयोग गरि सजिलै हाईवेबाट भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपमा छिटो छरितो पुग्न सकिन्छ । बाटो निर्माणमा अनियमितता भैरहँदा जिल्लाका सम्बन्धित निकायहरु मौन बसेको अवस्था छ । गलत कामको स्थानियहरुले विरोध गर्दैगर्दा यो योजना फिर्ता एवं बजेट फ्रिज हुन सक्ने ठेकदारले भन्दै काम गर्न देउ भनि दबाब दिदै आएका स्थानियले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ