२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवामा दोस्रो, चन्द्रौटामा पहिलो सडकखाना महोत्सव हुँदै

३० चैत्र २०७२, मंगलवार ०५:२९

mahotsabकमल बेल्बासे/चैत्र ३०, कपिलबस्तु । “सडकमै खाऊ, सडकमै रमाऔ ।” भन्ने
उदेश्यका साथ कपिलवस्तुको तौलिहवामा आज दोस्रो सडकखाना महोत्सव हुदै छ ।

नयाँ बर्षका अवसरमा तौलिहवामा सडक खाना महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानिय
परिकारको प्रर्बद्धन र नयाँ बर्षलाई सांगितीक बनाउने उदेश्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ

महोत्सवमा स्थानिय कला संस्कृतकिो प्रचार प्रसार गर्न मयुर नाच,
याक नाच, अहिरौवा नाच र थारु नाच प्रर्दशन गरिने योजना रहेको आयोजकले जनाएका छन । यस बर्ष महोत्सवमा
निशुल्क प्रबेशको व्यवस्था गरिएको जनाउदै चर्चित गायक मिङ्गमा शेर्पा, चर्चित नृत्यकार अन्जली अधिकारी र
भारतिय कलाकारको प्रस्तुती रहने बताइएको छ ।

sadak mahotsab

थारु, अबधी, मुस्लिम, नेवारी, गुरुगं, नेपाली, ईन्डियन, चाईनिज गरि बिभिन्न
परिकारका २५ बढि भिन्न भिन्न खानाका स्टल राखिने राखिने भएको छ । महोत्सवमा १० हजार बढि दर्शकले अबलोकन
गर्ने १५ लाख बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी
कपिलवस्तुको पश्चिमी क्षेत्रको चन्द्रौटामा पहिलोपटक सोमबार साझ देखि सडक खाना महोत्सव भएको छ । त्यस
क्षेत्रका ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रवर्धन तथा जातीय पहिचानका लागि
महोत्सव गर्न लागिएको हो ।

विभिन्न जातजातिका कलासंस्कृति,
भेषभुषाका साथै धार्मिक तथा पर्यटकीय स्थल शिवगढी, धानखोला, सोनवागढ, उमरी गुफा, कर्णेश्वरी मन्दिर,
दुर्गा मन्दिर लगायतका क्षेत्रको प्रचारप्रसारमा विशेष प्राथमिकतामा राखिएको आयोजक संस्थाका अध्यक्ष
श्रृजन पोख्रेलले जानकारी दिनुभयो । ओझेलमा परेका जिल्लाका पश्चिमी क्षेत्रका ऐतिहासिक सांस्कृतिक
धरोहरहरुको प्रवर्धनमा टेवा पु¥याउन सडक खाना महोत्सव आयोजना गरिएकोे बताउनुभयो ।

ओम इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौंले आयोजना गर्न लागिएको सडक खाना महोत्सवमा विभिन्न
जातजातिको खानाको परिकारहरुको स्टल राखिएको छ । लोप हुन लागेका विभिन्न जातजातिका खानाका परिकार,
भेषभुषा, कलासंस्कृतिको जगेर्नामा समेत ठूलो सहयोग पुग्ने पोख्रेलले विश्वास व्यक्त गर्नुभयो । महोत्सव
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रौटाको मुख्य बजारको एभरेष्ट बैंक अगाडि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ