२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका अधिकांश गाउँ युवाविहीन

२०७३, १६ पुष शनिबार ०४:०२

पुस १६, डोटी । जिल्लाका अधिकांश गाउँ युवाविहीन छन् । 

खेतीपाती लगाउने काम सकिएपछि रोजगारीका सिलसिलामा धेरै युवा भारत प्रस्थान गरेका छन् । हिउँदमा तीन महिना फाल्तु बस्नुपर्ने र गाउँमा कुनै पनि रोजगारी नभएका कारण यहाँका धेरै युवा भारत जाने गरेका छन् । उनीहरु भारतमा बसेर तीन चार महिना कमाउने र पुनःखेती भित्र्याउनका निम्ति घर फर्कने गरेका छन् । अधिकांश युवा वैशाख महिनामा फर्किन्छन् भने कतिपय दसैँमा फर्कने गरेका छन् । 

डोटीको चवरा चौतारा गाविसका करिब ३५ जना युवा एकै साथ भारत जान भनी दिपायल बसपार्कमा भेटिए । सो गाविसका गौरी गडसिलाले भन्नुभयो, “हामीहरुलाई भारत जान रहर होइन, यहाँ रोजगारी पाइँदैन के गर्ने, घरमा एक्ली श्रीमती र साना दुई छोराछोरी छन्, यतै दिपायलतिर सानो काम पाइए पनि गर्थेँ ” उहाँले थप्नुभयो, “यहाँ काम नै छैन, भए पनि छाक धान्न नसकिने तलबमा काम गर्नुपर्छ ।” 

चवरा चौताराकै गगन बोहरा पहिला दीपायलमा बसेर काम गर्नुभएको तर हाल उहाँ भारत जाँदैहुनुहुन्छ । नेपालमा भनेअनुसारको तलब सुविधा नभएको उहाँको भनाइ छ । “महिनौँ काम गरेर घरमा खान ठिक्क हुन्छ, साहुको ऋण तिर्नै प¥यो” गगनले भन्नुभयो, “यो बुढेसकालमा घर नजिकै सानो काम पाइए पनि गर्ने थिएँ ।” 

सो गाविसका करिब ७५ प्रतिशत युवा अहिलेसम्म विदेश पलायन भएका छन् । त्यहाँका मात्र नभई जिल्लाभरिमै ६५ प्रतिशतभन्दा बढी युवा रोजगारीका सिलसिलामा बाहिरिएका छन् । जिल्लामा हुने विकास निर्माणका कार्यमा पूर्वाधार खडा गर्न छिमेकी जिल्ला कैलाली तथा भारतबाटै मिस्त्री ल्याउनुपर्ने बाध्यता रहेको छ । 

एक त यहाँका जनतामा सीप नहुनु र अर्कातर्फ पढाइ छाडेर सानै उमेरमा भारत जाने गर्नाले सो समस्या आएको दिपायलका ठेकेदार रमेश खडायतले बताउनुभयो । उहाँले कुनै पनि संरचना निर्माण कार्यमा डोटीमा महिला मात्रै हुने र पुरुष नपाइने गरेको बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ