2026-06-30 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पुराना बामपन्थी नेता आचार्यको निधन

दीपकअनुरागी आचार्य/बैशाख ३, कपिलवस्तु । नेकपा
क्रान्तीकारी माओवादीका केन्द्रिय सल्लाहकार एवं पुराना बामपन्थी नेता खुविराम आचार्यको आज विहान ४ बजेर
५० मिनेट जांदा ९३ बर्षको उमेरमा आपनै निवास भृकुटी नगरपालीका ६ गेलवार कपिलवस्तुमा निधन भएको छ

१९८० साल जेष्ठ २२ गते अर्घाखांचीको अर्घा रजस्थल अधेरीमा बुवा चुरामणी आचार्य, आमा हरिकला
आचार्यका जेष्ठ सुपुत्रका रुपमा जन्मनुभएका स्वर्गीय आचार्यले अर्घाखांचीमा रहंदा शुरुमा जयतु
संस्कृतिमबाट राणा विरुद्ध आन्दोलन, पछि पन्चायत विरुद्ध आन्दोलनमा लाग्दा तत्कालीन शासकले शहिद टंक
आचार्यको हत्या गरेको थियो भने उहांको देव्रे आंखा फुटालिदिएको थियो ।

नेकपा क्रान्तिकारी
माओवादीका केन्द्रिय सदस्य पिताम्वर आचार्य जिल्ला सल्लाहाकार सदस्य गुप्त प्रसाद आचार्यका बुवा एवं
मोहन बैद्य किरणका ससुरा समेत रहनुभएका उहां जिवनको अन्त्यसम्म पनि नेपालको कम्युनिष्ट आन्दोलनमा
निरन्तर समर्पित हुनुहुन्थ्यो ।

लामो समयदेखी सुगर र पायल्स रोगले ग्रसित खुविराम आचार्यको
अन्तिम दाहसंस्कार आजै दिउंसो लक्ष्मणघाटमा हुने परिवारजनले बताएका छन् । स्वर्गीय आर्चायलाइ अन्तिम
श्रदान्जली दिन नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण लगायत विभिन्न राजनितिक दलका नेता
कार्यकता ठुलो संख्यामा कपिलवस्तुमा जम्मा हुने क्रम चलेको छ । स्वर्गीय आचार्यका श्रीमती, ४ छोरा ३
छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु