2026-09-16 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बढ्दो बेरोजगारीलाई हटाउन प्राविधिक अध्यापनको अनुमति काशे ढुंगा बन्ने

कमल बेल्बासे । बैशाख १४, कपिलबस्तु । कपिलवस्तुका तीनवटा सरकारी माविले यसै वर्षवाट
प्राविधिक शिक्षा अध्यापन गराउने अनुमति पाएका छन् । ब्यवसायीक र रोजगार मुलक शिक्षाको माग सबत्र भई
रहदा कक्षा ९ देखि नै १२ सम्मको चार वर्षिय प्राविधिक शिक्षा कोशे ढुंगा बन्ने साबित हुने भएका छन्

त्यसरी प्राविधिक विषय पढाउन पाएका मावि तर्फ कपिलवस्तुको भृकुटी नगरपालिकाको बुडढी स्थित
भृकुटी उच्च माविले कृषि विज्ञान विषयको अनुमति पाएकोछ । जसले कृषि क्षेत्रको जेटिए स्तरको जनशक्ति
तैयार पार्नेछ । त्यस्तै बुद्धवाटीका नगरपालिकाको जयनगरमा अवस्थित गौतम बुद्ध उच्च माविले जुनियर सिभिल
इन्जिनियरीङ अर्थात सिभिल ओभर तहको जनशक्ति तैयार पार्ने भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्र
विसनपुरमा रहेको जनज्योती मा.वि. विसनपुरलाई कम्प्युटर साइन्स संचालन गर्ने अनुमति दिएको छ ।कपिलवस्तुमा
एकैसाथ सिभिल ओभरसियर ,जेटिए र कम्प्युरटर प्राविधिक जनशक्ति तैयार पार्न अध्यापन अनुमति नेपाल सरकार
शिक्षा मन्त्रालय शिक्षा विभागले दिएको जिल्ला शिक्षा अधिकारी हरी गौतमले जानाकारी दिनु भएको छ

मन्त्रालयले स्वीकृती दिए लगत्तै भृकुटी उच्चमावि बुड्ढीले कक्षा ९ देखि कृषि विषयमा भर्ना
खुला गरेको छ । गौतमबुद्ध उच्च माविले पनि जुनियर सिभिल इन्जिनियरिङ विषयमा भर्ना खोलिसकेका छन् । यसै
गरी जनज्योती माविले पनि कम्प्युटर विषय अध्यनका लागि इच्छुक विद्यार्थीका लागी भर्ना खोलेको बताएको छ ।
ती शिक्षण सस्थाहरुले यस वर्षका ४८ जना भर्ना गर्ने अनुमति पाएका छन् । बैशाख २० देखि ३० बीचमा आवेदन
फारम भर्ने प्रबेश परिक्षा दिने र छनौट हुदै भर्ना हुने सम्मको तालिका ती मावि तथा उच्च माविले
सार्वजनिक गरेका छन् ।

यसै शैक्षिक सत्र अर्थात बैशाखको अन्तिम हप्तावाट ती विद्यालयले प्राविधिक
विषय अध्यापन गराउने भएका छन् । अत ः गाउघरमा खुलेका यस्ता प्राविधिक विषयले न्यून आयश्रोत भएका किसानका
छोराछोरीहरुलाई समेत प्राविधिक शिक्षावाट रोजगारीको ढोका खोल्ने अवसर पैदा हुने भृकुटी उच्च माविका
प्राचार्य बेद प्रकास पौडेलले वताउनु भयो । प्राविधिक शिक्षाको अनुमति पाएका शिक्षण सस्थाहरुमा सरकारले
तीन तीनवटा सम्बन्धित विषयका प्राविधिक शिक्षक समेत उपलब्ध गराउनेछ । गौतम बुद्ध उच्च माविले ४८ वटा
कोटामा भर्ना फारम खोलेकोछ । प्राचार्य राम प्रसाद अर्यालका अनुसार भर्ना शुल्क ५ हजार तय भएकोछ भने
मासिक शुल्क १ हजार कायम गरिएकोछ । रोजगार मुलक प्राविधिक शिक्षाका लागि यो शुल्क अत्यन्तै न्यून हो ।
भृकुटी उच्च मावि बडढीर जन ज्योती मावि विसनपुरले पनि यहि सेरोफेरोमा शुल्क निर्धाण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु