संजय रेग्मी पौष १६, २०७३  नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संजय रेग्मी पौष १६, २०७३  नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणद"/>
2026-09-20 03:11 AM
पर्बत - PBT

नेपाली सेनाले चलायो निशुल्क स्वास्थ्य शिविर

संजय रेग्मी पौष १६, २०७३  नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणदल गुल्म पर्वतको अयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वत, आदर्श अंग्रेजी आवासिय मा.वि., शारदा निम्न माध्यमिक विद्यालय, लायन्स क्लब अफ शिवालयको सहकार्यमा शिविर संचालन गरीएको हो । शिविरमा बिभिन्न रोगका तीन सय ३० बिरामीको उपचार गरिएको नेपाली सेनाले जनाएको छ । शिविरमा टेलीमेडिसिनको माध्यमबाट काठमाण्डूमा रहेका डा.अनिलकुमार झाले छाला सम्बन्धी रोगहरुको उपचार गरेका थिए ।

शिविरिमा जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरीटेण्डेण्ट डा. फणिन्द्र बराल, नेपाली सेनाका सह सेनानी डा. राहुलजंग रायमाझी, निलगिरी हस्पिटलका बिशेषज्ञ डा. गोविन्द जोशी गौतम, नेत्र सहायक बिनम लामिछाने लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविर संचालनका क्रममा बोल्दै रणदल गुल्मका गुल्मपति सेनानी बालकृष्ण कार्कीले नेपाली सेना सदैव जनताको सुख र दुःखको साथी रहेको उल्लेख गरे । आँपूmहरु सधैँ जनतालाई सघाउन चाहेकोले पनि बिभिन्न ठाउँमा शिविर र अन्य सहयोगात्मक कार्यक्रमहरु संचालन गरीरहेको उल्लेख गरे ।

त्यस्तै, बिशिष्ट अतिथि जिल्ला अस्पताल पर्वतका बरीष्ठ मेडिकल सुपरीटेण्डेण्ट डा. फणिन्द्र बरालले शिविरले शारीरिक रुपमा असक्त भएर सदरमुकाम वा नजिकैका स्वास्थ्य चौकीमा जान नसकेका बृद्ध नागरिकहरुलाई बिशेष फाइदा भएको उल्लेख गरे । त्यस्तै, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रेडक्रसले यस्ता अभियानमा सदैव साथ दिएको बताउँदै मानवीय सेवामा आँपूmहरु सधैँ तयार रहेको उल्लेख गरे । यसैगरी लायन्स क्लब अफ शिवालयका अध्यक्ष बिषमकुमार श्रेष्ठले, लायन्स क्लबले सामाजिक कार्यमा हरेक खालका सहयोग गर्न तयार रहेको बताए । श्री शारदा नि.मा.वि. व्यवस्थापन समिति अध्यक्ष तुलसी सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो