ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नौ लाख बढी लगानीमा टुटीखेलमा निमार्ण भएको सार्बजनीक सैञ्चालय प्रयोग बिहीन , तालाचाबी गयब

१६ पुष २०७३, शनिबार १६:३२

ललित बोहरा । पुष १६ डडेल्धुरा । डडेल्धुरा जिल्लालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गर्ने दैरानमा २०७० सालमा टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय अहिले प्रयोग बिहीन रहेको छ । खलंगा खानेपाली उपभोक्ता समितीबाट निमार्ण भएको सैञ्चालयमा खानेपानी  तथा सरसफाई डिभीजन कार्यालय डडेल्धुराको ४ लाख, ( यूनीसेफ नेपाल तर्फ) नेपाल सरकारको ३ लाख २५ हजार ३ सय ५२ र उपभोक्ता समितीको १ लाख ८१ तिन सय ३८ गरी जम्म ९ लाख ६ हजार ६ सय ९० रुपीयाँको लागतमा तिन पक्षले निमार्ण भएको हो ।  शैञ्चालय अहिले कुनै पनी निकायले जिम्मा नलिए पछि सरसफाईको अभावमा प्रयोग बिहीन भएको स्थानीयले बताएका छन् । जिल्ला खेलकुद बिकाश समीती डडेल्धुराको कार्यालय नजिकै  र नेपाली सेनाको नाममा रहेको जग्गामा निमार्ण भएको शैञ्चालयमा ताला नलाउने प्रणाली भएपनी ताला कोसंग छ ? भने नै सम्बन्धीत निकाय अर्थात निमार्णमा लगानी गर्नेहरुलाई जानकारी छैन । नेपाली सेनाको जग्गामा शैञ्चालय निमार्ण भएकाले उनीहरुलाई नै ताला चाबी बुझाई सकेको जिल्ला खेलकुद बिकाश समीती र उपभोक्ता समितीले बताएका छन् । तर नेपाली सेनाका अनुसार आफुसंग तालाचाबी नरहेको जनाएका छन् । 

शैञ्चालयमा दिशा पिसाब गर्न नसकीने अबस्था रहेको र भौतीक संरचना चोरी हुने अबस्था रहेकोले सम्बन्धीत निकायले प्रयोग गर्न सक्ने वातावरण बनाउनु पर्ने स्थानीय प्रकाश जैरुले बताए । अमरगढी नगरपालीका क्षेत्र भित्र पर्ने भएकाले नगरपालीले नै हेरनु पर्ने धेरैको भनाई छ । तर अमरगढी नगरपालीकालाई सञ्चालन गर्ने जिम्मा नै नदिएको नगरपालीका सुचना अधिकारी लाल बहादुर साउदले जानकारी दिए । यस्तै डडेल्धुरामा रहेका धेरै शैञ्चालयहरु सम्बन्धीत निकायकाले ध्यान नदिए पछि प्रयोग बिहीन रहेका छन् । खुल्ला दिसामुक्त भएईसकेको जिल्लामा बनेका सार्वजनीक शैञ्चालय निमार्ण हुने क्रम पनी रोकीएको छैन । केही दिन अगाडी मात्र जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कायालयले तुफानडाडाँ वा स्याउनेमा केही दिन भित्र सार्बजनीक शैञ्चालय निमार्ण गर्ने निर्णय गरेको छ ।  यस्तै उता अमरगढी सात पोखरामा रहेका सार्वजनीक शैञ्चालय प्रयोगमा छैन भने खानेपानी तथा सरसफाई डिभीजन कार्यालय परिषरमा नै रहेको शैञ्चालयको अबस्था  पनी त्यस्तै रहेको छ । यस्तै स्याउले बजारमा पनी शैञ्चालयहरु प्रयोग बिहीन छन् । 


टुटीखेलमा बनेको सार्बजनीक शैञ्चालय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह