२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बर्षात सुरु हुनै लाग्दा २२ करोड वढीका सडक योजना कपिलवस्तुमा शुरु

२३ बैशाख २०७३, बिहीबार ०३:०३

kapilvastu sadak divisionकमल बेल्बासे/बैशाख २३, कपिलबस्तु
सबै आयोजना यसै आर्थिक बर्षको असार मसान्त सम्म सम्पन्न गरिने लक्ष्य रहेको छ ।

दश महिना बित्नै लाग्दा बेकाम २ महिनामा लै लै काम नै कामले डिभिजन
कार्यालय तातिने भएको छ । कपिलबस्तुको सडक डिभिजन कार्यालय शिवपुरुले जिल्लामा एकै साथ करिव २२ करोड
बढीको लागतमा सडक निमार्ण तथा मर्मत कार्य शुरु छ । यसै आर्थिक वर्ष २०७२ ÷०७३ को असार मसान्त सम्ममा
सम्पन्न गर्ने गरी जिल्लाका महत्वपुर्ण सडक निमार्ण कार्य एवं मर्मत शूरु भएको सडक डिभिजन कार्यालय
शिवपुरका प्रमुख नवोनाथ झाले जानकारी दिनु भयो ।

जिल्लाका
गोरुसिंगे तौलिहवा सडक यसै आर्थिक वर्षमा कालोपत्रे गर्न ३ करोडमा ठेक्का लागेको छ भने जिल्लाका ५ वटै
निर्वाचन क्षेत्रमा बहुवर्षे कार्यक्रम अन्तरगत ५ वटा सडक पनि निमार्ण कार्य शूरु भएका छन । बहुवर्षे
कार्यक्रममा आरटियो रोेड ,खरेन्द्रपुर देखि महाराजगञ्ज ,सोमडी बेल्सापुर सडक ,लक्ष्मणघाट मधैलीया सडक र
पचेहरा उजडीहवा देखी कोठी नदी सम्मको सडक निमार्ण कार्य शूरु भएको कार्यालयले जनाएको छ । उक्त सडक
निमार्णका लागी यस आर्थिक वर्षमा रु ५०÷५० लाख रकम विनियोजित भएको छ । यसै गरी यहि आर्थिक वर्षमा पिपरा
पकडी चाकरचौडा सडक निमार्ण कार्य शूरु भएको छ ।

उक्त सडक
निमार्णका लागी रु १ करोड बजेट विनियोजन भएको छ । यस्तै जिल्ला स्तरका १६वटा नयाँ सडकहरुका लागी करिव १
करोड वढी रकम विनियोजित भएको छ भने पर्यटकिय ८ वटा सडक निमार्णका लागी रु ८०लाख रकम विनियोजित भएको छ ।
उक्त कार्यालयले महेन्द्रराजमार्गको कोठी नदि देखि धानखोला सम्म ट्याचवर्क (सडक मर्मत ) को साथै
पुलपुलेसा संरक्षणका लागी २ करोड ५० लाख बजेट विनियोजित हुनुको साथै काम पनि तदारुकताका साथ शुरु भएको
कार्यालयले जनाएको छ । यस्तै जिल्लाका विभिन्न स्थानहरमा सडक सगै पुल,निमार्ण कार्यपनि भइरहेको प्रमुख
झाले स्पष्ट पार्नु भयो ।

यसै वर्ष सम्पन्न हुने पुलहरुमा
वाणगगांनदीको लक्ष्मणघाट पुलका लागी यस आर्थिक वर्षमा मा ६०लाख, राजपुर गाविसको घोराईपुल निमार्णका लागी
रु ६०लाख, बाणगगांनदीमा कजवे निमार्णका लागी रु १ करोड ४० लाख रकम विनियोजन भएको छ । यस्तै बैदौली
प्रर्साैया महादैयामा पुल निमार्णका लागी रु ६०लाख ,कन्चनियाअल्गी हथौसा सडकमा पुल निमार्णका लागी रु
२०लाख ,सोनवा जितपुर गगडवा सडकमा पुल निमार्णका लागी रु२०लाख र डुमरा अरौराकोट सडकको जमुवारपुल
निमार्णका लागी रु ५०लाख रकम विनियोजन भएको छ ।

उक्त पुल
निमार्णका लागी प्रत्येक आयोजनामा पहिले रु २०लाख रकम विनियोजित भएकोमा सरकारले हालै रकमान्तर गर्दै
अन्य आयोजनावाट ३ वटा आयोजनालाई ४०÷४०लाख कजवे निमार्णका लागी १करोड २०लाख र डुमरा अरौराकोड सडकमा पुल
निमार्णमा ३० लाख गरी थप रकम पठाएको डिभिजन प्रमुख झाले वताउनु भयो । ति सबै आयोजना यसै आर्थिक बर्ष
०७२।०७३को असार मसान्त सम्ममा सम्पन्न हुने बताइएको छ ।

यस्तै
सडक डिभिजन कार्यालय शिवपुरले यति धेरै आयोजनाहरु एकै साथ संचालन गरेको र बिगत २० वर्ष यता धेरै काम
शुरु गरेको झाले दाबी गर्नु भयो । सडक डिभिजनले कपिलवस्तु साथै अर्घाखाची जिल्लामा पनि विभिन्न आयोजना
शूरु भएको र विभिन्न घुम्टीहरुमा सडक फराकिलो पार्ने काम भएको झा ले जानाकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ