२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

६ वर्षदेखि फरार एक अभियुक्त पक्राउ

२८ बैशाख २०७३, मंगलवार ११:४०

कमल बेल्बासे बैशाख २८, कपिलबस्तु । जबरजस्ती करणी अभियोगमा ६ वर्षदेखि फरार
रहेका एक अभियुक्त सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका २ (साविक कृष्णनगर
गाविस १) बस्ने २२ वर्षीय ईरसाद मुसलमान रहेका छन् ।

ईरसादलाई
२०६८ असोज १ गते एक महिलालाई उनी समेतको ४ जनाले जबरजस्ती करणी गरेको अभियोग लागेको थियो । कपिलवस्तु
जिल्ला अदालतले उनीहरुविरुद्ध २०७२ फागुन १३ गते ११ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
घटनापछि फरार रहेका अभियुक्त ईरसादलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक भट्टराईले
जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्त ईरसादलाई आवश्यक
कारवाहीका लागि सोमबार नै जिल्ला अदालत तौलिहवामा हाजिर गराएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभएको छ

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नमराज
भट्टराई नेतृत्वको टोलीले अभियुक्तलाई कृष्णनगर नपा ५ पिपलबोट नजिकै लुकीछिपी हिँडिरहेको अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने