पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतव"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतव"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा एड्भान्स तालिम संचालन

२०७३, १७ पुष आईतवार ०७:२६

पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतवार बिर्तामोडस्थित होटल डेनियलमा शुरु भएको छ । 

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले प्रमुख अतिथिको रुपमा तालिमको उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै महासचिव मगरले पत्रकारहरुले जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्ने बताए । उनले समावेशी पत्रकारितामा जोड दिँदै श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने समेत बताए । उनले पत्रकार महासंघ, पत्रकारको व्यवसायिक हितका साथै क्षमता अभिबृद्धिमा क्रियाशील रहेको समेत बताए । शाखा अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहका वक्ताहरुले अबको पत्रकारिता सामाजिक न्याय र समावेशी हुनुपर्नेमा जोड दिए । तीन दिने प्रशिक्षणको सहजीकरण बरिष्ठ प्रशिक्षक टंक उप्रेतीले गरिरहेका छन् । तालिममा झापाका क्रियाशील ५० जना सञ्चारकर्मीको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । सहभागीहरु महिला, दलित, जनजाति, आदिवासी, मधेशी एवम् पछाडि पारिएको वर्गका तथा सम्पादक र व्यवस्थापकहरु समेत रहेका छन् । 

तालिम उद्घाटन समारोहमा महासंघ केन्द्रीय सदस्य गणेश पोखरेल, झापा शाखाका पूर्वअध्यक्ष गोविन्दचन्द्र क्षेत्री, प्रेम युनियनका अध्यक्ष कृष्ण हुमागाई, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, फोनिजका अध्यक्ष गणेशमान मुखिया, नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघका उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए । तालिममा पत्रकारिता र पत्रकारको जिम्मेवारीका साथै सामाजिक समावेशीकरणको आवश्यकता तथा त्यसका विविध पक्ष बारे सहभागीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानसीप प्रदान गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै