<p><b>पुस १७, बाजुरा । </b>सडकबाट खसेको ढुङ्गाले लागेर आज एक युवकको मृत्यु भएको छ । <br></p><p>ब्रह्मतोला गाविस– २ का २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो । साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा ढुङ्गा खस्दा सडकभन्दा तल बाख्रा चराउँदै गरेका पाध्यायको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो । रासस</p>
बाजुरामा ढुङ्गाले लागेर एक युवकको मृत्यु
Leave a Comment

