२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा जिप दुर्घटना हुँदा चार घाइते, दुई गभ्मीर

२०७३, १८ पुष सोमबार ०५:१५

पुस १८, रुकुम । रुकुममा जिप दुर्घटना हुदा चार जना घाइते भएका छन् । 

रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय देवराज शाही, स्यालापाखा–३ का २५ वर्षीय अविषेक शाही र मुसिकोट नगरपालिका–५ का २० वर्षीय डायमण्ड शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिनुभयो । 

घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा राजेन्द्र जिसीले बताउनुभयो । घाइतेमध्ये अविषेक र तिलविरको अवस्था गम्भीर रहेको बताइएको छ । 

जिप सडकबाट करिब ५०० मिटर तल सानोभेरी नदीमा पुगेको भए पनि मानिस बीचमै खसेपछि बाँचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रजालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने