१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

१८ पुष २०७३, सोमबार ०५:२८

पुस १८, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । 

स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हँुदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन् । 

विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा पुग्दा समेत सुनवाइ हुन नसक्दा जीर्ण झोपडीमै विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बोहराले बताउनुभयो । “वर्षात्का बेला झोपडी पूरै चुहिने भएकाले विद्यालयनै बन्द गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो । 

राजनीतिक दलका नेतालाई भेटेर समेत विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदा समेत वास्तानै नगरेको उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका लागि बनाइएका पाँच वटै झोपडी मर्मतको कार्य नहुँदा भत्कने खतरा समेत उत्तिकै रहेको अभिभावक तिलक खत्रीले बताउनुभयो । 

अभिभावकले विद्यालयका निजी स्रोतमा कार्यरत चार जना शिक्षकको तलब मजदुरी गरेको पैसा सङ्कलन गरी व्यहोर्दै आएका छन् । 

एक जना शिक्षक मात्रै राहत कोटामा कार्यरत रहेका छन् । बस्तीका अधिकांशले मजदुरी गरी जीविका धान्दै आएकाले आर्थिक रकम सङ्कलन गरी विद्यालय भवन निर्माण गर्ने अवस्था नरहेको अर्जुन बोहराले बताउनुभयो । 

बालबालिकालाई पढाउनका लागि अन्यत्र पठाउन समेत सकिने अवस्था छैन उहाँले भन्नुभयो “तीन किलोमिटर टाढाको विद्यालय जानका लागि बस्ती नजिकै खोला पर्ने भएकाले वर्षात्का बेला तर्न सकिने अवस्थानै छैन ।” बाध्य भएर झोपडीमै बालबालिकालाई पढ्नका लागि पठाउँदै आएको उहाँको भनाइ रहेको छ । विसं २०६२ मा स्थापना भई सञ्चालनमा आएको विद्यालयमा झन्डै १०० बढी बालबालिका अध्ययनरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह