2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

पुस १८, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । 

स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हँुदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन् । 

विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा पुग्दा समेत सुनवाइ हुन नसक्दा जीर्ण झोपडीमै विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बोहराले बताउनुभयो । “वर्षात्का बेला झोपडी पूरै चुहिने भएकाले विद्यालयनै बन्द गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो । 

राजनीतिक दलका नेतालाई भेटेर समेत विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदा समेत वास्तानै नगरेको उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका लागि बनाइएका पाँच वटै झोपडी मर्मतको कार्य नहुँदा भत्कने खतरा समेत उत्तिकै रहेको अभिभावक तिलक खत्रीले बताउनुभयो । 

अभिभावकले विद्यालयका निजी स्रोतमा कार्यरत चार जना शिक्षकको तलब मजदुरी गरेको पैसा सङ्कलन गरी व्यहोर्दै आएका छन् । 

एक जना शिक्षक मात्रै राहत कोटामा कार्यरत रहेका छन् । बस्तीका अधिकांशले मजदुरी गरी जीविका धान्दै आएकाले आर्थिक रकम सङ्कलन गरी विद्यालय भवन निर्माण गर्ने अवस्था नरहेको अर्जुन बोहराले बताउनुभयो । 

बालबालिकालाई पढाउनका लागि अन्यत्र पठाउन समेत सकिने अवस्था छैन उहाँले भन्नुभयो “तीन किलोमिटर टाढाको विद्यालय जानका लागि बस्ती नजिकै खोला पर्ने भएकाले वर्षात्का बेला तर्न सकिने अवस्थानै छैन ।” बाध्य भएर झोपडीमै बालबालिकालाई पढ्नका लागि पठाउँदै आएको उहाँको भनाइ रहेको छ । विसं २०६२ मा स्थापना भई सञ्चालनमा आएको विद्यालयमा झन्डै १०० बढी बालबालिका अध्ययनरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई