१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

अलपत्र अवस्थामा रहेको जलजला बहुमुखीको काम सञ्चालन हुने

१८ पुष २०७३, सोमबार ०५:४४

पुस १८, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको निर्माणाधीन अवस्थामा अलपत्र छोडिएको भवनको सम्पूर्ण आन्तरिक तथा बाह्य काम आगामी फागुन मसान्तसम्म सम्पन्न गरिसक्ने आइतबार जिविस रोल्पामा सम्पन्न सर्वपक्षीय बैठकले निर्णय गरेको छ । 

स्थानीय विकास अधिकारी सुशील वैद्यको अध्यक्षतामा सम्पन्न बैठकले सो कुराको निर्णय गरेको हो । 

जलजला बहुमुखी क्याम्पसको आफ्नो स्वामित्वमा कुनै भवन नभएको अवस्थामा २०६७ साल भदौ ५ गते भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समितिको प्राविधिक सहयोगमा भवन निर्माणका लागि निर्माण कम्पनी दिवा निर्माण/ड्रागन विल्डर्स जेभी ललितपुर काडमाडौँसँग त्रिपक्षीय सम्झौता भएको थियो । 

यसरी सम्झौता भएको मितिले १८ महिनामा भवन निर्माणलगायतका सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने भए पनि काम सम्पन्न हुन नसकेपछि जिविस रोल्पाद्वारा करिब छ महिना म्याद थप गरिएकोमा हालसम्म पनि क्याम्पस भवन हस्तान्तरण हुन सकेको छैन । 

जिविस रोल्पाका अनुसार रु चार करोड ४४ लाख ९३ हजार ७९ पैसाको लागतका लागि सम्झौता भएकोमा निर्माण कम्पनीले काम सम्पन्न गरेको चार वटा रनिङ बिलको आधारमा रु तीन करोड २९ लाख ५३ हजार ३५९ भुक्तानी लिइसकेको छ करिब रु एक करोड १५ लाख ३९ हजार ७२० बराबरको कम सम्पन्न हुन नसकेको अवस्थामा सर्वपक्षीय बैठक बसी काम सम्पन्न गर्नका लागि निर्णय गरेको हो । 

निर्माण व्यवसायीको ढिलासुस्ती र लापर्बाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाका प्राचार्य कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी अलपत्र अवस्थामा रहेको भवनमा केही वर्ष पहिलेदेखि विद्यार्थीको दबाबका कारण कक्षा सञ्चालन हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह