पर्वत । कालिगण्डकी लोकमार्गको निर्माण तथा विस्तारका क्रममा नहर पुरिएपछि स्थानीयबासी आन्दोलित भएका    छन् । 


लोकमार्गको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कालिगण्डकी लोकमार्गको निर्माण तथा विस्तारका क्रममा नहर पुरिएपछि स्थानीयबासी आन्दोलित भएका    छन् । 


लोकमार्गको"/>

2026-07-10 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोकमार्ग विस्तार गर्दा नहर पुरेपछि कृषक आन्दोलित

2017-01-02

पर्वत । कालिगण्डकी लोकमार्गको निर्माण तथा विस्तारका क्रममा नहर पुरिएपछि स्थानीयबासी आन्दोलित भएका    छन् । 


लोकमार्गको विस्तारको क्रममा फलेवासमा रहेको नहर पुरिएपछि आन्दोलित भएका स्थानीयबासीले निर्माण काममा समेत अबरोध पु¥याउदै आइरहेका छन् । 

देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको ५ नम्वर वडामा सिंचाई गर्नका लागि निर्मित फलेवास सिंचाई आयोजनाको झण्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको थियो भत्किएको नहर पुर्न्निर्माणका लागि पटक पटक माग गर्दापनि कुनै सुनुवाई नभएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएको स्थानीय भोलानाथ शर्माले बताए । 


आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिंचाई गर्नुपर्ने बेलामा सिंचाई नहर भत्किएको र मर्मतको लागि पटकपटक जानकारी गराउँदा पनि करिडोर निर्माण समितिले वेवास्था गरेका कारण आफूहरु आन्दोलित हुन परेको उनले बताए ।


नहर भत्कीएपछि झण्डै २ सय ५० हेक्टर क्षेत्रफलमा सिंचाई हुन सकेको छैन । नहरबाट २ सय घरधुरी लाभान्वीत थिए ।


हिउँदे बालीनाली सिंचाई गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषकहरु चिन्तित बनेका छन् । उनिहरुले तत्काल नहर मर्मतका लागि माग समेत गरेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनिहरुले बताएका छन् ।

विकासका नाममा सडक निर्माण हुनु आवश्यक छ तर कृषकहरुलाई हानी पु¥याउनेगरी नहरनै भत्काएर गरिएकोले आफुहरु आन्दोलित बन्नुपरेको पीडितको दुखेसो छ ।


बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्राक ओपन गर्ने काम भैरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्रयाक खोल्ने काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट