अघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाइ क्षतिपूर्ति दिइने भएको छ ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाइ क्षतिपूर्ति दिइने भएको छ ।


2026-09-20 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भूकम्प पीडितको लागत निकाल्नको लागि इन्जियिनर गाउँगाउँ जाँदै

अघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाइ क्षतिपूर्ति दिइने भएको छ ।


भूकम्पले क्षति पु¥याएको लगत्तै सबै पिडितको घरघरमा पुगेर ५ हजार रुपैयाँका दरले राहत रकम वितरण भैसकेपनि पुनः निर्माण कार्यक्रमलाइ सहयोग गर्न यो काम थालिएको हो । 


जिल्ला तहमा लागत संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यलय खडा गरेर लागत संकलनको काम थालिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला समन्वय समितिले पनि यो अभियानलाइ सहयोग गर्दै आएको छ ।


जिल्ला लागत संकलन तथा व्यवस्थापन कार्यालयले गाविस सचिव मार्फत आएका उजुरी संकलन गर्दा पर्वतमा ११ हजार २०९ घरपरिवार पीडित रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । केहि दिनमानै राष्ट्रिय पुनः निर्माण प्राधिकरण बाट खटिएर आउने इन्जिनियरले पुनः घरघरमा पुगेर क्षतिको विवरण र मात्रा अध्ययन गरेर समितिलाइ सिफारिस गर्ने शिव श्रेष्ठले जानकारी दिए ।


नका अुनसार जिल्लामा २९ जना इन्जिनियर खटिनेछन् भने उनका साथमा एकएक परिचालिका समेत रहनेछन् । ४५ दिनभित्र गाउँमा घरघरमा पुगेर तथ्याङ्क संकलन गरी कार्यालयमा बुझाउनुपर्ने उनले बताए । 


एक जना इन्जिनियरले जिल्लामा ४५ दिनमा लगत उठाउनेछन् । प्रति इन्जिनियर ४०८ घर रहने र दिनमा ८ देखि १० घरको तथ्याङ्क संकलन गरी पेश गर्नुपर्नेछ । भूकम्पले अति प्रभावित १४ बाहेक कम प्रभावित १७ जिल्लामा ढीलागरी लागत संकलनको काम शुरु भएको हो । पुनः निर्माण प्राधिकरणबाट आउने इन्जिनियरहरुले भेरिफिकेसन मोडलमा लागत संकलन गर्ने भएका हुन् ।सूचनाहरुलाइ सम्बन्धीत घरको चारै मोहडा, घर भित्र र क्षति भएको स्थानको फोटो, घरधनीको फोटो, नागरिकताको प्रमाणपत्र र पहिले पाएको परिचयपत्र समेत      राखेर रुजु गरिने छ । यसरी पठाएको पिडितले प्राधिकरणले उपलब्ध गराउने राहत रकम पाउने व्यवस्था छ । प्राविधिकले यो काम २ महिलना भित्र सक्नेछन् । पीडितले बनाइसकेको भएपनि मापदण्ड पुगेर बनाइएका भवनलाइ राहत उपलब्ध गराउने सरकारी निर्णय छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो