पुस १९ कञ्चनपुर । सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९ कञ्चनपुर । सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ता"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयको ताला खुल्यो

१९ पुष २०७३, मंगलवार ०५:५८

पुस १९ कञ्चनपुर । सातबुँदे सहमतिपछि सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थीले झन्डै दुई साता अघि लगाएको ताला खोलेका छन् । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच सोमबार भएको वार्तामा तालाबन्दी खोल्ने सहमति अनुरुप विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला आज खोलिएको हो । राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्ने, प्रयोगशालाका सामग्री यथाशीध्र व्यवस्थापनका लागि निर्देशकलाई जिम्मेवारी दिने, विज्ञान भवन निर्माणका लागि आगामी आव २०७४ र०७५ को नीति तथा कार्यक्रममा समावेश गर्ने, शैक्षिक क्यालेन्डर बनाई पठनपाठनको कार्यलाई प्रभावकारी बनाउनेलगायतका सातबुँदे सहमति भएको विद्यार्थी गङ्गादत्त भट्टले जानकारी दिए ।

सहमतिपत्रमा विश्वविद्यालयका तर्फबाट उप–प्रशासक गोविन्द पन्त, विद्यार्थीका तर्फबाट गङ्गादत्त भट्ट, राजेन्द्रप्रसाद जोशी, राजेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतको भौतिक शास्त्रका विद्यार्थीले माग अघि सार्दै दुई साता अघि तालाबन्दी गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता