पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालय"/>
2026-09-20 03:51 AM
पर्बत - PBT

पर्वतका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने

पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा विद्युतीय हाजिरी जडान गर्न निर्देशन गरेको हो ।


सोही बमोजिम पहिलो चरणमा   नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिने जिल्ला शिक्षा अधिकारी  रमेशराज पौडेलले जानकारी दिए । नगरपालिका भित्र रहेका २२ ओटा माध्यमिक विद्यालयमा माघ महिनाभित्र विद्युतीय  हाजिरी जडान गर्न निर्देशन दिएको उनले बताए । नगरपालिका बाहिरका ७० विद्यालयमा पनि विद्युतीय हाजिरीलाई प्राथमिकता दिने तथा विद्यालयमा सिसीटिभी जडानका लागि पनि तत्काल पहल थाल्ने पौडेलको भनाई छ ।


हाल नगरपालिका भित्र रहेका न्वार सुवेदी माध्यमिक विद्यालय, मंगलोदय मावि र शिवालय माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिसकिएको छ । 

शिवालयमा सोमबार मात्र विद्युतीय हाजिरी मेसिन जडान गरिएको  हो । विद्युतीय हाजिरीले शिक्षकहरुमा थप जिम्मेवारी बढाउने तथा विद्यालय समयसम्म नै शिक्षक विद्यालयमा रहने प्राचार्य भूपेन्द्र चापागाईंले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि समेत यसले सहयोग गर्ने उनले बताए ।


उक्त विद्युतीय हाजिरी मेसिनको अक्सफोर्ड ल्याङ्गवेज तथा कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक मिलन पौडेलले सहयोग गरेका हुन् । मेसिनको लागत ३३ हजार रहेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका प्राचार्य भूपेन्द्र चापागाईको स्वागत तथा शिक्षक आनन्द पौडेलले सञ्चालन गरेका थिए ।


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्रबहादुर क्ष्ोत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीहरुको उपस्थिती            रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो